Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याणको अध्यक्षमा हिमाल विजयी

Himal-Paudel-1509227995.jpg

१२ कार्तिक, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा हिमाल पौडेल विजयी भएका छन् । 
आइतबार विहान सम्पन्न मतगणना अनुसार पौडेल २ सय ३ मतले विजयी भएका हुन् । पौडेलले ६ सय ४७ मत ल्याए भने उनका निकटतम प्रतिष्पर्धी नारायणप्रसाद अधिकारीले ४ सय ४४ मत ल्याएका थिए । त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा दिपनराज आचार्य विजयी भएका छन् । उनले ५ सय ७६ मत ल्याए भने निकटतम प्रतिष्पर्धी जयराम घिमिरेले ३ सय १५ मत ल्याएका छन् । 
खुल्ला सदस्यमा तेजप्रसाद भट्टराई, तेजप्रसाद तिवारी, लक्ष्मण सापकोटा र प्रदिप ढुंगाना विजयी भएका छन् । महिला सदस्यमा हिरादेवी महर्जन, रेखा मैनाली र निर्मला अर्याल विजयी भएको निर्वाचन अधिकृत बद्रीबहादुर पाठकले जानकारी दिए । यसअघि, संस्थाको उपाध्यक्षमा श्यामप्रसाद भट्टराई, सचिव मिना अधिकारी, कोषाध्यक्षमा चेतनाथ खतिवडा, लेखा सुपरिवेक्षण समिति सदस्यमा राजकुमार बास्तोला र रामशरण पौडेल निर्विरोध भएका थिए ।
विजय घोषणा कार्यक्रममा निर्वाचन अधिकृत पाठक, सदस्यहरु बद्री भण्डारी, अश्विन अर्याल, हेटौँडा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, संस्थाका पूर्व अध्यक्ष रघुप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो । एक हजार ६ सय १६ शेयर सदस्य रहेको संस्थाको निर्वाचनमा एक हजार एक सय ३४ मत खसेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार