Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा सम्बन्ध विच्छेद बढ्दो

Divorce-1471848606.jpg

हरि हुमागाई
६ भदौं, हेटौँडा । मकवानपुरमा श्रीमान र श्रीमतीबिच सम्बन्ध बिच्छेद गर्ने क्रम बढेर गएको छ । आव २०७२/०७३ मा जिल्ला अदालत मकवानपुरमा २ सय २४ जनाले सम्बन्ध बिच्छेदका लागि मुद्धा दर्ता गराएका छन् । यो संख्या अघिल्लो आर्थिक बर्षभन्दा बढी हो । 
सामान्य कुरामा पनि श्रीमान र श्रीमतीबचि कुरा नमिल्दा अदालतसम्म आएर सम्बन्ध टुट्ने गरेको पाइएको छ । मकवानपुर अदालतमा सम्बन्ध बिच्चेदका लागि परेका २ सय २४ वटा मुद्धा मध्यमा एक सय ७५ वटा मुद्धाको फैसला भएको छ । ४९ वटा मुद्धाको फैसला हुन बाँकी रहेको छ । बाँकी मुद्धा चालु आर्थिक बर्षका लागि जिम्मेवारी सरेर आएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।
आव ०७१/७२ मा भने जिल्ला अदालत मकवानपुरमा सम्बन्ध बिच्छेदका लागि एक सय ८९ जनाले मात्र मुद्धा दर्ता गरेका थिए । दर्ता गरिएका मध्ये एक सय ५७ वटा मुद्धाको फैसला भएको थियो । बाँकी ३२ मुद्धाको आव ०७२/७३ मा फैसला भएको थियो । सम्बन्ध बिच्छेदका लागि निवेदन दर्ता गर्नेमध्ये भर्खरका किशोरी देखि नातिनातिनि भईसकेका बृद्धा समेत रहेका छन् । 
अदालतमा आएका अधिकांशको श्रीमान बैदेशिक रोजगारीमा गएको र पछी घरफर्किए पछी सम्बन्ध राम्रो हुन नसकेको, रोजगारीका लागि बिदेश गएपछी श्रीमतिलाई शहरमा कोठा लिएर राख्दा, प्रेमबिवाह भएका कारण, सामाजिक सञ्जाल दुरुपयोगका कारण बढीजसो सम्बन्ध बिग्रिएर अदालतसम्म पुगेको पाईएको छ । 
छोरा छोरी नभएका महिला, किशोरी पनि सम्बन्ध बिच्छेद गर्न आएका छन् । सन्तान भएका महिलाको सम्बन्ध बिच्छेद हुँदा साना छोराछोरीहरुको बिचल्ली हुने गरेको पाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार