Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

असार

utsab-final-e161969760242-1656481067.jpg

प्रत्येक वर्ष 
ढुङ्गा पनि चिल्याउने
ढुङ्गामै फूल फुलाउने 
खुशी बोकेर आउँछ असार ।

हास्ने मौका नपाएझैँ
ओझेल परेर बसेका 
बाउसे र रोपारहरू
जब असारे मुर्छुन्नाले नाच्न थाल्छन् 
त्यतिखेर ! लाग्छ मलाई 
चिल्लाएको ढुङ्गा बनी बसूँ 
या त पानीको थोपा बनी 
भुँइमा खसूँ ?

दूर लाहुरबाट
लामो याद
र छोटो बिदा बोकेर
प्रत्येक वर्ष
दसैँमा घर फर्कने लाहुरेझैँ
ह्रदयभरि सङ्गीसाथीको लागि प्यार बोकेर
झोलाभरि दिदीबहिनीहरूका लागि उपहार बोकेर
खल्तीभरि सोल्टिनीका लागि इन्द्रेणीको हार बोकेर
गुन्टा बोक्ने भरिया बादललाई
फकाएर 
फुलाएर
अघि-अघि
छिटो-छिटो पठाएर
पछि-पछि आफू
झुम्दै-रुज्दै ,नाँच्दै, गाउँदै
पसिनाकै सुगन्धमा 
मङ्सिर मुस्कुराएर 
श्रमिकको श्रम हाँस्दै 
प्रत्येक बर्ष आउँछ असार ।

अरे! सिंहदरबार
तिमी पनि असारजस्तै
विश्वासिलो
आशलाग्दो
बन न है !


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा आगलागी, एकजना सामान्य घाइते
Screenshot_20240416_19080-1713273806.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...

सुदूरपश्चिममा एकीकृत समाजवादीद्वारा चौधरीलाई दिएको समर्थन फिर्ता
samajbadi_madhav_nepal_16-1713264827.jpg

४ बैशाख, कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी...

तोयम राय महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन
Screenshot-162-1713264057.png

४ बैशाख, हेटौंडा । तोयम रायलाई महालेखा परिक्षकमा सर्वसम्मत अनुमोदन गर्ने सुनुवाइ समितिले निर्णय गरेको छ ।...

राष्ट्रियसभा अध्यक्ष र कोरियाली संसदीय प्रतिनिधि मण्डलबीच भेट
Narayan-1713255971.jpg

४ बैशाख, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र कोरियाको संसदीय प्रतिनिधि मण्डलबीच शिष्टाचार...

चौघडा बचतको रक्तदान, ३० जनाले दिए रगत
FB_IMG_1713235364802-1713235376.jpg

 ४ बैशाख, हेटौंडा।  हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी सस्थाले रक्तदान कार्यक्रमकाे...

आज चैते दशैं पर्व मनाइँदै
Screenshot_20240416_08105-1713234363.jpg

४ बैशाख, हेटौंडा । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते...

आज हेटौंडा सहित विभिन्न स्थानमा १२ घण्टा विद्युत आपूर्ति नहुने
20201106_083918-163123516-1713232789.jpg

४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  मंगलबार १२ घण्टा विद्युत आपूर्ति...

मंगलबार प्रदेशभर सार्वजनिक बिदा
Screenshot_20240416_07415-1713232618.jpg

४ बैशाख, हेटौंडा । गण्डकी प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ)...

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस
umesh-and-bhim-1713232294.jpg

४ बैशाख, हेटौंडा । नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फ...

थप समाचार