Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

292055075_102202606776486-1656981205.jpg

२१ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति कार्यक्रम र बजेट अर्थ विधेयक, २०७९ र बिनियोजन विधेयक, २०७९ सर्वसम्मत् पारित भएको छ । 
नगरपालिकाको सोमबार एघारौं अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ विधेयक, २०७९ र बिनियोजन विधेयक, २०७९ सर्वसम्मत् पारित गरेको हो । 
उपमहानगरपालिकाले नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपिया“ बजेट सार्वजनिक गरेको थियो । नगरको विकासका लागि ठूला तथा साना अधुरा योजना, नयाँ योजनाहरु सम्पन्न गर्न तथा अगाडि बढाउन अब बाटो खुलेको छ । 
यस्तै ११ औं नगर सभाको तेश्रो बैठकले सर्बसम्मत न्यायिकसहित ७ समिति गठन गरेको छ । नगरको न्यायिक समिति संयोजक राजेश बानियाँ (उपप्रमुख), सदस्य ज्ञानबहादुर थापा, (हेटौंडा–५, वडा सदस्य) र सदस्यमा सन्तु पाख्रिन (हेटौंडा–७, वडा सदस्य) रहेका छन् ।
यसैगरी बैठकले आर्थिक विकास समितिको संयोजकमा अनिल बानियाँ, सामाजिक विकास समितिको संयोजकमा रामकृष्ण कोइराला, पूर्वाधार विकास समितिको संयोजकमा दीपक खड्का, वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा फुर्वा दोर्जे लामा, संस्थागत् विकास र सुशासन समितिको संयोजकमा सुनिल मोक्तान रहने गरी समिति गठन गरेको छ । 
त्यस्तै सोमबार बसेको उपमहानगरको पाँचौं कार्यपालिका बैठकले जग्गा वर्गीकरण कार्यदल गठन गरेको थियो । सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने संयोजक रहने गरी गठित कार्यदलको अध्ययन प्रतिवेदन प्राप्तपश्चात् नगर प्रमुखको अध्यक्षतामा रहने भूउपयोग परिषद्मा छलफल गरी कार्यपालिकाबाट निर्णय भएपछि लागु हुने छ । 
परिषद गठन पश्चात हाल रोक्का रहेको जग्गाको कित्ताकाटलगायत कार्य सुचारु हुनेछ । सुरक्षित आप्रवासन कार्यक्रमलाई निरन्तरता दिने निर्णय भएको छ । साबिक गाविसमा समायोजन भएको वडामा अधिकारसहित अधिकृत र लेखापाल खटाइने छ ।
नगरका सामुदायिक विद्यालयमा रिक्त रहेका स्थायी दरबन्दी तथा राहत कोटामा शिक्षक नियुक्ति गर्न उपमहानगरपालिकाका तर्फबाट शिक्षकको रोष्टर सूची तर्जुमा गर्ने, नगरका स्वास्थ्य संस्थाबाट बीमा सुबिधासमेतमा सहजीकरण गर्ने गरी आधारभुत अस्पताल सञ्चालन गर्न २ डाक्टर (आठौं तह) नियुक्ति गरी परिचालन गर्ने र वृत्तिविकास सम्बन्धि विशेष ऐन, २०७५ खारेज गरी नयाँ कानुन तर्जुमा गर्ने निर्णय भएको नगरका प्रवक्ता सबिन न्यौपानेले बताए ।


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार