२१ असार,हेटौंडा। अहिले निर्वाचनको अभ्यास अनुरूप विभिन्न विद्यालयले मतदान गरेर विद्यालय क्याप्टेन र सदन टोली छनौट गर्दै आएका छन्।
सोही अभ्यास अनुरूप हेटौंडा उपमहानगरपालिका वडा -७नाग्स्वतीमा रहेको तासिर इङ्ग्लिस बोर्डिङ स्कुलले विद्युतीय माध्यमबाट मतदान गरेर सदन क्याप्टेन र विद्यालय क्याप्टेन छनौट गराको छ।विद्यालयले मंगलबार विद्युतीय माध्यमबाट निर्वाचन गरेर विद्यालय क्याप्टेन र सदन टोली छनौट गरेको हो।
कागती मतपत्रलाई विस्थापित गर्दै मकवानपुरमै पहिलो पटक विद्युतीय माध्यमबाट विद्यालय क्याप्टेन र टोली क्याप्टेन छनौट अभ्यास गरिएको विद्यालयका प्रधानाध्यापक विनोद थपलियाले दावी गरेका छन्।
प्रधानाध्यापक थपलियाले निर्वाचन गराउदा समयको बचत,मत बदर हुने सम्भावनामा कमि ल्याउने,कम जनशक्तिको परिचालनबाट निर्वाचन सम्पन्न गर्न सकिने,मतदान पश्चात् मत गणना गर्दा लामो समय कुर्नु नपर्ने , मत परिणामको तथ्याङ्क सरल ,सुरक्षित हुने जस्ता सन्देश प्रदान गर्न विद्यालय क्याप्टेन र सदनको टोली नेता छनौट गर्न विद्युतीय माध्यम अपनाइएको बताए।विद्युतीय माध्यमबाट सम्पन्न निर्वाचन आयुक्तमा शिक्षक रबिन्द्र कार्की रहेको जनाइएको छ।
विद्यालय क्याप्टेन तथा सदन टोली नेता छनौट कार्यक्रममा विद्यालय व्यवस्थापन समिताका अध्यक्ष मिठ्ठे बहादुर कार्की,बिद्यालय संचालक राजन थापा,बिद्यालय व्यवस्थापन समिति सदस्य प्रेम चौलागाईं ,राजन भन्डारी र बरिष्ठ सल्लाहकार दिल बहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो। निर्वाचन प्रकृयामा कक्षा ४ देखि कक्षा १० मा अध्ययनरत ४११ जना विद्यार्थीले सहभागीता जनाएका थिए। कार्यक्रमको संयोजन विद्यालयका शिक्षक कृष्ण काफ्लेको रहेको थियो।
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...


















