Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुरको नेतृत्वसँग युनियन महाधिवेशन केन्द्रित छलफल

युनियन-छल-1657183002.jpg

२३ असार,हेटौंडा। आगामी साउन ६ र ७ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाविधेशन सफलतापूर्वक सम्पन्न गर्नको लागि नेपाली कांग्रेस मकवानपुर जिल्ला पार्टीका पदाधिकारीलगायतसँग छलफल गरिएको छ।

बिहीबार हेटौंडा–२ स्थित पार्टी कार्यालयमा महाधिवेशन तयारीका लागि गठित स्थानीय समन्वय समितिले जिल्ला सभापतिसहित पदाधिकारी, भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुखसँग युनियनको महाधिवेशन सम्पन्न गर्न आवश्यक सहयोग र सहकार्यको विषयमा छलफल गरेको हो ।

प्रतिनिधि तथा पर्यवेक्षकको खाना तथा आवासको व्यवस्थापन, प्रचारप्रसार, आर्थिक व्यवस्थापन, स्वागत सत्कारका साथै अन्य विविध तयारीका विषयमा छलफल गरिएको थियो । छलफलमा महाधिवेशन तयारीका लागि गठित स्थानीय समन्वय समितिका संयोजक राममणि दाहालले हालसम्म भएका तयारीका विषयमा जानकारी दिँदै बाँकी कामहरु सम्पन्न गर्नका लागि पार्टी र भातृ तथा शुभेच्छुक संस्थाको सहयोग अपरिहार्य भएको बताए । पार्टीका विभिन्न पदमा रहेका, पार्टीबाट जनप्रतिनिधि बनेका, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुले व्यक्तिगत तथा संस्थागत रुपमा सहयोगको लागि दाहालले आग्रह गरे । 

स्थानीय समन्वय समितिका सहसंयोजक गिरिजा अधिकारी र नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी ‘कुमार’ले महाधिवेशको बारेमा विस्तृत जानकारी गराउँदै पार्टीबाट आर्थिक तथा भौतिक सबै किसिमको सहयोग आवश्यक रहेको प्रष्ट्याए । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले प्रजातन्त्रवादी पत्रकारहरुको राष्ट्रिय भेला हेटौंडामा हुनु गौरवको कुरा भएको बताए । युनियनको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु पार्टीको पनि दायित्व भएको भन्दै पार्टीको तर्फबाट आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको बताए । 

महाधिवेशन तयारीका लागि समन्वय र सहकार्य गर्नको लागि पार्टी सचिव भिमसेन महतलाई जिम्मेवारीसमेत प्रदान गरिएको छ।महाधिवेशन प्रतिनिधिहरुको रजिष्ट्रेशनको कामको लागि महिला संघसँग समन्वय गरी स्वयम्सेवकसमेत परिचालन गर्ने पनि पार्टी सभापति लामाले बताए । जिल्लाका विभिन्न नाकामा स्वागत गेट निर्माण गर्नको लागि क्षेत्रीय समितिहरुलाई उनले निर्देशनसमेत दिएका छन् । 

युनियनको नवौं महाधिवेशनमा देशभरका एक हजार ६ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनबाट प्रजातन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नयाँ केन्द्रीय कार्यसमितिसमेत चयन हुनेछ ।

छलफलमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, वर्तमान उपसभापति आनन्द कठायत, सचिव भिमसेन महत, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेल, ट्रेड युनियन कांग्रेस मकवानपुरका अध्यक्ष यमबहादुर श्रेष्ठलगायत पार्टीका विभिन्न तहका नेता तथा युनियनका सदस्यहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार