Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँद्वारा १ नम्बर क्षेत्रका मतदाताप्रति आभार व्यक्त

Photo-Baniya-1509713139.jpg

१७ कार्तिक, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले त्यस क्षेत्रका मतदाताप्रति आभार व्यक्त गरेका छन् । 
२०७० सालको संविधासभा निर्वाचनमा विजय भएका बानियाँले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मतदाताप्रति आभार व्यक्त गरेका हुन् । उनले आफुलाई विजयी गराएकोमा आभार व्यक्त गर्दै निर्वाचनका क्रममा गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा गरेको बताए । ४ बर्षे कार्यकालमा आफुले गरेको विकास निर्माणको कामले दशकौंदेखि यस क्षेत्रको जनताको विकासको माग र आकांक्षा पुरा गर्ने प्रयास गरेको भन्दै उनले आगामी दिनमा पनि यस काममा लागिरहने बताएका छन् ।
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा देशको असहज परिस्थिति र राष्ट्रिय राजनीतिलाई समेत मध्यनजर गर्दै लोकतान्त्रिक गठबन्धन भएको बताउँदै बानियाँले प्राविधिक कारण आफु मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तरगत प्रदेशसभा २ बाट उम्मेदवार बन्नुपरेको बताए । निर्वाचन क्षेत्र फरक रहेपनि भौतिक र भावनात्मक रुपमा मकवानपुर क्षेत्र नम्बर १ का जनता र मतदातासंगै रहेको बानियाँको भनाई छ । नेपाली कांग्रेसको जिल्ला सभापति र पूर्व जनप्रतिनिधिको हैसियतमा आफुले सधैं १ नम्बर क्षेत्रका जनताको सुख दुःख र विकासका हरेक अभियानमा जोडिने प्रतिवद्धता समेत बानियाँले व्यक्त गरेका छन् । 
जनतासंग गरेको प्रतिवद्धता अनुसार नेपाली कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान ल्याउने काम सम्पन्न भई कार्यान्वयनमा रहेको विषयलाई मूख्य सफलता मान्दै बानियाँले संविधान निर्माणपछि स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेको र आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभिभारा समेत जनताको साथ लिएर नेपाली कांग्रेसले पुरा गर्ने दावि गरेका छन् । विज्ञप्तिमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन समेत उनले मतदातालाई आग्रह गरेका छन् ।

Press-Release-Indra-Bahad-1509713139.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार