१७ कार्तिक, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले त्यस क्षेत्रका मतदाताप्रति आभार व्यक्त गरेका छन् ।
२०७० सालको संविधासभा निर्वाचनमा विजय भएका बानियाँले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मतदाताप्रति आभार व्यक्त गरेका हुन् । उनले आफुलाई विजयी गराएकोमा आभार व्यक्त गर्दै निर्वाचनका क्रममा गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा गरेको बताए । ४ बर्षे कार्यकालमा आफुले गरेको विकास निर्माणको कामले दशकौंदेखि यस क्षेत्रको जनताको विकासको माग र आकांक्षा पुरा गर्ने प्रयास गरेको भन्दै उनले आगामी दिनमा पनि यस काममा लागिरहने बताएका छन् ।
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा देशको असहज परिस्थिति र राष्ट्रिय राजनीतिलाई समेत मध्यनजर गर्दै लोकतान्त्रिक गठबन्धन भएको बताउँदै बानियाँले प्राविधिक कारण आफु मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तरगत प्रदेशसभा २ बाट उम्मेदवार बन्नुपरेको बताए । निर्वाचन क्षेत्र फरक रहेपनि भौतिक र भावनात्मक रुपमा मकवानपुर क्षेत्र नम्बर १ का जनता र मतदातासंगै रहेको बानियाँको भनाई छ । नेपाली कांग्रेसको जिल्ला सभापति र पूर्व जनप्रतिनिधिको हैसियतमा आफुले सधैं १ नम्बर क्षेत्रका जनताको सुख दुःख र विकासका हरेक अभियानमा जोडिने प्रतिवद्धता समेत बानियाँले व्यक्त गरेका छन् ।
जनतासंग गरेको प्रतिवद्धता अनुसार नेपाली कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान ल्याउने काम सम्पन्न भई कार्यान्वयनमा रहेको विषयलाई मूख्य सफलता मान्दै बानियाँले संविधान निर्माणपछि स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेको र आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभिभारा समेत जनताको साथ लिएर नेपाली कांग्रेसले पुरा गर्ने दावि गरेका छन् । विज्ञप्तिमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन समेत उनले मतदातालाई आग्रह गरेका छन् ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







