फोटो: भिमसेन पौडेल
२४ असार,हेटौडा । हेटौडा ६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले वनक्षेत्र भित्र वृक्षारोपण गरेको छ। डावर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा समूहले वनक्षेत्रको विभिन्न स्थानहरुमा औषधिजन्य विरुवाको वृक्षारोपण गरेको हो ।
समूहले कुरिलो ३० हजार, टटेलो ३५ हजार, अर्जुन साज ११ सय, जामुन ११ सय, विजय साल १५ सय लगायत विभिन्न प्रजातीका १ लाख विरुवाको वृक्षारोपण गर्ने लक्ष्य रहेको समूहका अध्यक्ष सूर्य बहादुर घलानले बताए ।
वृक्षारोपण कार्य १५ दिन सम्म रहने समूहले जनाएको छ । वृक्षारोपण कार्यक्रम अन्तरगत समूहले २ सय ५० वटा बास समेत रोपेको छ ।
समूहले डावर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा अघिल्लो वर्ष पनि करिब २ लाख ५० हजार विरुवाको वृक्षारोपण गरेको डावर नेपालका एशोसियट मेनेजर विष्णु केसीले बताए ।यस कार्यक्रम अन्तरगत समूहमा आवद्ध महिला तथा पुरुष उपभोक्ताहरुलाई समावेश गरिएको छ । यस्ता कार्यक्रमले समूहको दिगो आम्दानी हुने र समूहलाई विभिन्न कार्यक्रममा सहयोग हुने विश्वास समूहले लिएको छ ।
वृक्षारोपण कार्यक्रममा सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यदुकुमार घिमिरे, समूहका लेखा संयोजक भानुप्रताप विडारी, सञ्चारकर्मी भीमसेन पौडेल, कार्यसमितिका पदाधिकारी, उपभोक्ता लगायतको सहभागिता रहेको थियो
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...


















