Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

‘महालक्ष्मी साहित्य पुरस्कार’ मुकारुङलाई, पत्रकारिता पुरस्कार दाहाललाई

oo-1657359451.jpg

२५ असार, हेटौंडा । यस बर्षको ‘महालक्ष्मी साहित्य पुरस्कार’ भोजपुरका प्रसिद्ध साहित्यकार तथा गीतकार श्रवण मुकारुङलाई र ‘केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार’ मकवानपुरका पत्रकार राममणी दाहाललाई प्रदान गरिएको छ । 
महालक्ष्मी बैंकसंगको सहकार्यमा मातृभूमि साहित्य समाज मकवानपुरले प्रदान गर्दै आएको ५१ हजार राशीको साहित्य पुरस्कार मुकारुङलाई प्रदान गरिएको हो । यस्तै मातृभूमिको संयोजन एवम् व्यवस्थापनमा ईश्वर मैनालीले बुवाको नाममा स्थापना गरेको ‘केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार मकवानपुरे अग्रज पत्रकार दाहाललाई प्रदान गरिएको हो । 
पुरस्कारको राशी नगद ७ हजार ५ सय रुपैयाँ रहेको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार केशवराज आमोदी, आयोजक संस्थाका अध्यक्ष माधव पोख्रेल, हाम्रो मझेरी साहित्यिक प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी ‘अन्जली’ लगायतले मुकारुङ र दाहाललाई नगदसहित सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएका हुन् । 
पुरस्कृत प्रसिद्ध साहित्यकार तथा गीतकार मुकारुङले सम्मानले लेखन कार्यलाई थप मद्दत पुग्ने धारणा राखे । ‘लेखकले प्राप्त गर्ने पुरस्कार भनेकै सम्मान हो’, उनले भने, ‘सम्मानको निम्ति आभार व्यक्त गर्न चाहन्छु ।’ साहित्यकार तथा कलाकार सबैको साझा हुने भन्दै उनले स्थानीय र राष्ट्रिय भन्ने नहुने धारणा राखे ।
पुरस्कृत पत्रकार दाहालले सम्मानले पत्रकारितामा निरन्तर लाग्न हौसला मिलेको बताए । दाहाल करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय रहेका छन् । कार्यक्रममा समाजका कार्यसमिति सदस्य साहित्यकार किसन पौडेलले लेखेको लघुकथा ‘खुसी’को गृह विमोचन समेत गरिएको थियो । 
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार केशवराज आमोदीले साहित्य क्षेत्र अझै राज्यको नजरमा पर्न नसकेको धारणा राखे । भाषा साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित २०५६ सालमा स्थापना भएको मातृभूमि साहित्य समाजले साहित्यिक गतिविधिसंगै विभिन्न सम्मान तथा पुरस्कारको व्यवस्थापन र प्रदान समेत गर्दै आएको छ । 
यती फाइनान्स हुँदा २०५९ सालदेखि नै प्रदान गर्दै आएको साहित्य पुरस्कारले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ । महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले यस पुरस्कारलाई निरन्तरता दिदै जाने बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

थप समाचार