२६ असार, हेटौंडा । नेपाली कांग्रेस कैलाश गाउँपालिका समितिले आफ्नो पार्टीबाट निर्वाचित वडा अध्यक्षलाई यौन दुव्र्यवहारको आरोप लगाएर फसाउन खोजिएको आरोप लगाएको छ ।
राष्ट्रपति रनिङशिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता खेल्न आएका एक विद्यार्थीलाई कैलाशका एक वडा अध्यक्षले यौन दुव्र्यवहार गरेको भन्दै समाचार बाहिरिएपछि कांग्रेसले यस्तो बताएको हो ।
शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कांग्रेस कैलाश गाउँपालिकाले यौन दुव्र्यहारको बिषयमा सत्यतथ्य छानबीन गर्न माग समेत गरेको छ ।
‘कैलाश गाउँपालिका–९ नम्बर वडा अध्यक्षमाथि लागेको आरोपको बिषयमा गम्भीर ध्यानाकर्षण भएको छ’, गाउँपालिका सभापति राजेन्द्र घिसिङले भने, ‘जननिर्वाचित वडा अध्यक्षलाई अनाहकमा यौन दुव्र्यवहार जस्तो घृणित आरोप लगाउने राजनीतिक दलप्रसत घोरा भत्सर्ना गर्दछौं ।
राजनीतिक रुपमै प्रतिस्पर्धाको लागि समेत आव्हान गर्दछौं ।’ घटनाको सत्यतथ्य नबुझी एकलौटी भनाइलाई आधार मान्दै कुनै राजनीतिक दलबाट प्रेरित भएर घटनालाई अघि बढाइएको भन्दै उनले आपत्ति जनाएका छन् ।
१८ गते साँझ विद्यालयका शिक्षकहरुको अनुरोधमा वडा अध्यक्ष हेटौंडा–१० स्थित असन गेष्ट हाउसमा पुगेको र राती साढे ९ बजेको समयमा खेलाडी विद्यार्थीहरुले हल्लाखल्ला गरेपछि हल्ला नगर्न अनुरोध गरेर साथीसंग कोठामा सुतेका वडा अध्यक्षलाई आरोप लगाइएको कांग्रेस नेताहरुको भनाई छ ।
आरोप प्रमाणित नभएको अवस्थामा सञ्चार माध्यममा वडा अध्यक्षले यौन दुव्र्यवहार गरेको समाचार आउँदा अचम्ममा परेको सभापति घिसिङले बताए । उनले प्रहरी प्रशासनलाई घटनाको बिषयमा सत्यतथ्य छानबीनका लागि आग्रह गर्दै वडा अध्यक्षले गलत गरेको प्रमाणित भएमा कारबाही हुनुपर्ने समेत बताएका छन् ।
पत्रकार सम्मेलनमै उपस्थित भएका र घटना भएको भनिएको दिन वडा अध्यक्षसंगै एउटै कोठामा सुतेको दावी गरेका कैलाशका नवराज रुम्बाले अनाहकमा वडा अध्यक्षलाई फसाउन खोजिएको बताएका छन् ।
‘मेरो छोरा पनि राष्ट्रपति रनिङशिल्ड खेल्न आएकोले वडा अध्यक्षसंगै म पनि उक्त होटलमा पुगेको थिएँ । सुत्ने तर्खर गर्दैगर्दा विद्यार्थीहरुले हल्लाखल्ला गरेपछि हामीले रातको समयमा नसुतेर किन हल्लाखल्ला गरेको भनेर सम्झाउँदै सुत्न गएका हौं’, रुम्बाले भने, ‘म राति करिब १ बजेसम्म मोबाइल चलाएर बसेको थिएँ, वडा अध्यक्ष निदाइसक्नुभएको थियो । तर यहाँ राति १२ बजेको समयमा यौन दुव्र्यवहार गरेको भन्ने आरोप लगाएको सुन्दा अचम्म लागेको छ ।’
चुनाव हारेको चोटमा केही नेताले योजनाबद्ध रुपमा फसाउन खोजेको उनले आरोप समेत लगाए । बालिकामाथि यौन दुव्र्यहारको घटना भएको पुष्टि भए कारबाही हुनुपर्ने माग गर्दै रुम्बाले अनाहकमा कसैलाई फसाउन नमिल्ने बताए ।
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...


















