Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मातृभूमिद्वारा विभिन्न क्षेत्रका ६ जना व्यक्तित्व सम्मानित

292495635_534580234882876-1657428347.jpg

२६ असार, हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरले शनिवार एक समारोहकाबीच विभिन्न क्षेत्रमा योगदान पु¥याएका ६ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । समाजले नगद १५ हजार राशीको शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान २०७८ बाट मकवानपुरका गोकुललाल श्रेष्ठ र नीरा गोर्खालीलाई सम्मान गरेको छ । 
यस्तै नगद १५ हजार राशीको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार २०७८ बाट मकवानपुरका समाजसेवी सिद्धिलाल श्रेष्ठलाई सम्मान गरिएको छ भने १५ हजार नगद राशीकै ईश्वरी स्मृति मातृभूमि पुरस्कार २०७८बाट काठमाडौंकी पत्रकार सुष्मा केसी पुरस्कृत एवं सम्मानित भएकी छन् ।
यसैगरी समाजले १० हजार राशीको हातेमालो मातृभूमि युवा सृजनशील सम्मान २०७८ बाट मकवानपुरकी गायिका सुनिता बुर्लाकोटी लुईंटेललाई सम्मान गरेको छ । शनिवारनै भएको कार्यक्रममा ७ हजार ५ सय राशीको झलकबहादुर बानियाँ जीवन संघर्ष मातृभूमि सम्मान २०७८ बाट कमला आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत सृजना लो सम्मानित भएकी छन् ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलको सभाध्यक्षतमा भएको सम्मान समर्पण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा सर्जक सन्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, समाजका संरक्षक ह्यग्रीव आचार्य, साहित्यकार देवराज खरेल, साहित्यकार आरसी रिजाल लगायतको आतिथ्यता रहेको थियो । 
यसअघि शनिवारपनि एक कार्यक्रमकाबीच समाजले महालक्ष्मी बैंकसंगको सहकार्यमा ५१ हजार राशीको साहित्य पुरस्कार श्रवण मुकारुङ र केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार मकवानपुरे अग्रज पत्रकार दाहाललाई प्रदान गरेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार