२७ असार,हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्रमा रहेको जनकल्याण माबिले शैक्षिक मेला गर्ने भएको छ।
विद्यालयले यही असार ३० र ३१ गते दुई दिने प्रथम जनकल्याण शैक्षिक मेला–२०७९ को आयोजना गर्न लागेको हो ।
जनकल्याण माबिको ब्यवस्थापनमा थाहा नगरभित्र रहेका विद्यार्थी माझ शैक्षिक ज्ञान आदानप्रदान गर्ने उद्देश्य सहित शैक्षिक मेला आयोजना गर्न लागेको बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले बताए।
थाहा नगरमा रहेका बिद्यालयका प्रधानाध्यापक, प्रतिनिधि र सञ्चारकर्मीहरु बिच भएको अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापक कार्कीले नगर भित्रका बिद्यालयहरु बीच शैक्षिक गुणस्तर मापन, बिद्यार्थीहरुको क्षमता बिकास र शैक्षिक ज्ञान आदानप्रदान गर्नका लागि शैक्षिक मेला फलदायी हुने बताए।
एसइइ दिएर बसेका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनका लागि बिषय छनौट गर्न सहज वातावरण बनाई विद्यार्थी तथा अभिभावकले आफ्नो रुची र क्षमता अनुसारको बिषय छनौट गरि नगर भित्र रहेका विद्यालयमा अध्ययन गर्न मेलाले अभिप्रेरित गर्ने बिद्यालयका सहायक प्रधानाध्यापक मनोज रायमाझीले बताए।
शैक्षिक मेलामा एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि शैक्षिक परामर्श, कक्षा ११मा भर्ना हुने विद्यार्थीलाई बिशेष छुट तथा बिज्ञान प्रदर्शनी प्रतियोगिता हुने सहायक प्रधानाध्यापक रायमाझीले बताउनुभयो । रायमाझीले विज्ञान प्रदर्शनी प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई पुरस्कृत गरिने समेत जनाइएको छ ।
मेलामा थाहा नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको प्रदर्शनी स्टल समेत रहने, बिद्यार्थीको सीप परीक्षण, निशुल्क माटो परीक्षण सिविर, प्लान्ट क्लिनिक समेत रहेको आयोजकले जनाएकोछ ।
२०२५ सालमा स्थापना भएको थाहा नगरको अग्रणी शैक्षिक संस्था जनकल्याण माबिमा हाल बिज्ञान, बालीबिज्ञान(कक्षा ९–१२), ब्यबस्थापन, शिक्षा, मानविकी र कृषि बिषयको तीन बर्षे स्नातक तहको अध्ययन अध्यापन भईरहेको छ ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















