२९ असार, हेटौंडा । २०९ औं भानु जयन्ती विशेष अवसरमा हेटौंडामा आयोजित स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा नगरका विभिन्न विद्यालयका तीन विद्यार्थीहरु उत्कृष्ट हुन सभफल भएका छन् ।
हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको समन्वयमा बुधबार भएको प्रतियोगितामा सोलिड्यारिटी इन्टरनेशनल बोर्डिङ स्कूलका प्रज्ञान पन्त, सत्यम जेभियर्सका बोर्डिङ स्कूलका स्तुति कर्ण र जीएस निकेतन विद्यालयका समर्पण न्यौपाने उत्कृष्ट घोषित भएका हुन् ।
प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई नगद पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा जिएस निकेतन विद्यालयका सारा केसी सान्त्वना भइन् ।
नगरभित्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय कक्षा ९ र १० मा अध्ययनरत २९ जना विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए । जसमा ७ वटा कविता निर्णायकले छनौट गरी विद्यार्थीले वाचन गरेका थिए ।
नवोदय साहित्यक बगैँचा बाल क्लबकी अध्यक्ष दर्शना सापकोटाको अध्यक्षत एवं हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाघर रिमालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा अधिकृत रामचन्द्र खड्का र राजमणि शर्मा लगाएतको उपस्थिति रहेको थियो ।
महाशाखाले विद्यार्थीको सिकाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको कार्यक्रमका संयोजक तथा विद्यालयका नेपाली भाषा शिक्षक सिएम रिमालले जानकारी दिए ।
उक्त कार्यक्रमको अवसर पारेर साहित्यकार तथा अधिवक्ता ऋषि के.वीको रगतले लेखिएको इतिहास पहिलो गजल नाटक मञ्चन समेत भएको थियो । उक्त नाटकमा साहित्यकार पुरुषोत्तम आचार्यले स्वर दिएका थिए भने निर्देशक आशाकाजी श्रेष्ठले निर्देशन गरेका थिए । प्रतियोगितामा साहित्यकार पुष्प पराग, छवि अनित्य, ऋषि केवीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
यस्तै नवोदय साहित्यिक बगैँचा बाल क्लवका उपाध्यक्ष रोनश उप्रेतीले शिक्षामा हुने परिवर्तन विषयक बहस कार्यक्रम सञ्चालन गरेका थिए ।
बहसमा मकवानपुर बाल विद्या सदनकी प्रिन्शा कार्की, जीएस निकेतनकी निमिशा निरौला, आधुनिक माविका रत्नाकर कुमार साह, जनज्योति मावि मयुरधापका सौरज देवकोटा तथा नवोदय शिशु सदनका निर्भीक ज्ञवालीले अहिलेको समयमा विद्यार्थीलाई कस्तो शिक्षा दिनुपर्छ भन्ने विषयमा सरिक भएर आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा साहित्यकार डि.बी बर्तौला, दीपक गौतम, नवोदय विद्यालयका विद्यार्थीले भानु जयन्तीसम्बन्धि कविता तथा गीत प्रस्तुत गरेका थिए ।
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...


















