Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेश प्रमुख समक्ष आव २०७७÷०७८ को लेखा परिक्षण प्रतिवेदन पेश 

hhhh-1657715929.jpg

२९ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष महालेखा परीक्षकको कार्यालयबाट बागमती प्रदेशको आर्थिक वर्ष २०७७÷०७८ को लेखा परिक्षण प्रतिवेदन बुझाईएको छ । 
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख समक्ष महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक त्रिलोचन आचार्यले चौथो प्रादेशिक लेखा परीक्षण प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझाउने कार्यक्रममा नायव महालेखा परीक्षक आचार्यले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ मागरेको आर्थिक कारोबारको लेखा परिक्षण गरी तयार पारिएको प्रतिवेदनबारे चर्चा गरेका थिए ।
प्रतिवेदनबारे जानकारी लिदैँ प्रदेश प्रमुख शर्माले नेपालको संविधान बमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा महालेखा परीक्षकबाट आर्थिक वर्ष २०७७÷०७८ को बागमती प्रदेशभित्रका सार्वजनिक निकायको लेखाको परीक्षण गरी तयार गरिएको प्रतिवेदनले सुशासनलाई अंगीकार गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
साथै, महालेखा परीक्षकको कार्यालयको सक्रियताले सार्वजनिक हितमा प्रभावकारी प्रतिफल दिने गरी आर्थिक क्रियाकलाप संचालन गर्न प्रदेशका सम्बद्घ सार्वजनिक निकायलाई मार्गदर्शन गर्नर बेरुजु घटाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव पारसमणि फुयाल, महालेखा परीक्षकको कार्यालयका निर्देशक थवराज अधिकारी, लेखा परीक्षण अधिकारी दीपक आचार्य, प्रदेश प्रमुख कार्यालयका उपसचिव कृष्णप्रसाद आचार्य, शाखा अधिकृत इन्दिरा पौडेल, कानून अधिकृत प्रकाश चापागाईं लगायतको उपस्थिति रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार