३० असार, हेटौंडा । बुधबार बसेको बागमती प्रदेशको प्रदेशसभा बैठकले ५ वटा अध्यादेश पास गरेको छ । बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पास गरेको छ ।
यस्तै बैठकले स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेशलाई स्वीकृति प्रदान गरेको हो ।
बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेश गरेका थिए ।
यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गरेका थिए ।
बैठकमा प्रदेश मामिला समितिका सभापति माधव प्रसाद पौडेलले केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयको सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेका थिए ।
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...


















