Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरगढी गाउँपालिकाले करारका कर्मचारीको म्याद नथप्ने

FB_IMG_1657943847092-1657945582.jpg

३२ असार,हेटौंडा। मकवानपुरगढी गाउँपालिकामा  करारमा सेवामा काम गर्दै आएका  कर्मचारीहरुको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । 
हिजो  शुक्रबार बसेको कार्यपालिका बैठकले गाउँपालिका अन्तर्गत करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको हो ।करारका कर्मचारीहरु मध्ये गाउँपालिकाको कार्यलय वडा कार्यालय तथा स्वास्थ चौकीलाई अत्यावश्यक पर्ने कर्मचारीको म्याद थपका सन्दर्भमा ६ नम्बर वडाध्यक्ष कृष्ण प्रसाद बजगाईको नेतृत्वमा एक समिती गठन गरिएको छ। वडाध्यक्ष बजगाई नेतृत्व समितिले साउन १५ गते भित्र प्रतिवेदन कार्यपालिकालाई सिफारिस गर्ने छ । सिफारिस बमोजिम कति कर्मचारीको नवीकरण गर्ने नगर्ने अर्को कार्यपालिकाबाट निर्णय गरिने वा म्याद थप हुने गाउँपालिका अध्यक्ष दोर्जे स्याङतान लामाले जनाएका छन्।
करार नवीकरण नहुनेमा  सुचना प्रविधि १ जना, न्यायिक सहजकर्ता १ जना , गरिबी निवारणका लागि लघु उधम कार्यक्रमका कर्मचारी १ जना , प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका संयोजक तथा रोजगार प्राविधिक २ जना, पन्जिकरण शाखा अन्तर्गत कृषिबाट ७ तथा पशु प्राविधिक ८ जना २ जना पशु ज्यालादारी ४ जना संघीय सशर्त, स्वास्थ सेवा अन्तर्गतका सबै कर्मचारीहरु अहेब ४ जना अनमी ८ जना त्यसैगरि कार्यालय सहयोगी ८ जना र ल्याव असिस्टेन २ जना रोभिङ १ जना र विद्यालय नर्स ३ जना गाउँपालिका तथा वडाका सिभिल ईन्जिनियर १ जना वडा प्राविधिक कर्मचारी ८ जना रहेका छन् ।
त्यसैगरि नक्सा शाखा अन्तर्गत ईन्जिनियर १ जना तथा अमिन १ जना, हलुका सवारी चालकहरु ३ जना सहित गाउँपालिका वडा कार्यालय सहयोगीहरु १० जना र पालिका तथा वडाका बालमैत्री सहजकर्ताहरु ९ जना गरि ८० जना करार कर्मचारीको कार्यपालिका बैठकले म्याद थप नगर्ने निर्णय गरेको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले विज्ञप्ति प्रकाशित गर्दै उल्लेख गरेका छन् 
त्यसैगरी दैनिक ज्यालादारीमा रहेका ४ जना म्याद थप नहुने साथै विद्यालय नर्स प्रदेश मार्फत सम्झौता हुने भएकोले म्याद थप हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको हालको वित्तिय अवस्था कमजोर रहेको हुदा हाललाई करारका कर्मचारीहरुको यहि साउन १ गते आईतबारबाट म्याद थप नहुने पालिकाले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार