Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सरकारले निगमलाई झन्डै ६० करोड रुपैयाँ अनुदान दिने 

Gyanendra-1658101559.png

२ साउन, हेटौंडा । सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समायोजन भएको रकम ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ आयल निगमलाई अनुदान दिने भएको छ । 
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मूल्य समायोजन भएको ५९ करोड ८६ लाख ८० हजार रूपैयाँ अनुदान दिने र पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको कारण नेपाल आयाल निगमले इन्डियन आयल कर्पोरेसन लिमिटेडलाई भुक्तानी दिन अपुग सात अर्ब रूपैयाँ लगानी गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  
मन्त्रिपरिषद्ले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदेव थापालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको छ भने माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनको म्याद मन्त्रिपरिषद्बाट निर्णय भएको मितिले २ वर्ष थप गर्ने निर्णय गरेको छ ।  
त्यस्तै, विभिन्न १० वस्तुको पैंठारीमा लगाइएको बन्देजलाई भदौ १४ गतेसम्म निरन्तरता दिने, बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहत प्रदान गर्ने र सो रोग नियन्त्रणमा खटाइएकालाई प्रोत्साहनस्वरुप सुविधा प्रदान गर्ने मापदण्ड स्वीकृत गर्ने, निर्णय पनि गरेको छ । 
त्यस्तै, सरकारले मेलम्ची खोनपानी आयोजनाको सुरुङ परीक्षण गर्ने क्रममा दुर्घटनामा परी दिवंगत भएका इन्जिनियर सतिशकुमार गोहित र सवारी चालक राधाकृष्ण थापा मगरको परिवारलाई क्षतिपूर्ति स्वरुप ५–५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने भएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार