३ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रमा मालवाहक सवारी सञ्चालनमा समय निर्धारण गरिएको छ । सोमबार उपमहानगरपालिकामा बसेको बैठकले बजार क्षेत्रमा रहेका व्यवसायीले सामान ओसारपसारमा गरेको मनलाग्दीले ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै समय निर्धारण गरेको हो ।
बजारको मुख्य क्षेत्र बाइसाप सडक देखी उत्तर त्रिभुवन राजपथको चौकिटोल ओरालो र दक्षिण मनकाममना चोक हुँदै कान्तिराजपथको सानोपोखराचौकबाट भैरवरोड हँुदै सितलमहल चोकबाट बाइपास क्षेत्र भित्र ठूला सवारी प्रवेशमा रोक लगाउने निर्णय गरएिको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
बजारको ट्राफिक व्यवस्थापनलाई ध्यान दिदै हेटौंडा उपमहानगरपालिकामा बसेको सर्वपक्षिय बैठकले तोकिएको क्षेत्र भित्रको बजार क्षेत्रमा गर्मीको समयमा बिहान ८ बजेदेखी बेलुकी ८ र जाडो समयमा बिहान ८ बजे देखि बेलुकी ७ बजे सम्म मालवाहक सवारीमा प्रवेशमा रोक लगाएको छ । बैठकले राजमार्ग क्षेत्र हुँदै बाहिरिने सवारीलाई भने रोक नलगाउने निर्णय गरेको छ ।
बैठकले हेटौंडा बजारमा देखिएको ट्राफिक समस्या न्यूनीकरणका लागि हेटौंडामा सञ्चालनमा रहेका तीनपाङ्ग्रे साना सवारी व्यवस्थापनको लागि हेटौंडा उपमहानगरपालिका–१ का अध्यक्ष सबिन न्यौपानेको अध्यक्षतामा र बजार क्षेत्रमा देखिएको पार्किङ व्यवस्थापन मिलाउनका लागि हेटौंडा–२ का अध्यक्ष बिष्णुगोपाल महर्जनको अध्यक्षतामा समिति गठन गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाको अध्यक्षतामा भएको बैठकमा पुरानो नारायणी यातायात कम्पनीका सरोज खनाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपाने, ट्राफिक प्रहरी कार्यालयका प्रमुख मुनेन्द्र थापा लगायतको उपस्थिती थियो ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















