Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गृहिणी शिक्षा र भ्रष्टाचार अन्त्यका लागी अभियान चलाइने

295579296_795519321802186-1659010334.jpg

१२ साउन, हेटौंडा । महिला सीप विकास केन्द्र मकवानपुरले देशभर गृहिणी शिक्षा लागू गर्न र भ्रष्टाचार अन्त्यको लागि भन्दै १० दिने सडक अभियान सञ्चालन गर्ने भएको छ । केन्द्रका अध्यक्ष एवं नेपाली कांग्रेसकी नेतृ समेत रहेकी रीता खनालले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानको बारेमा जानकारी गराएकी हुन् ।
पत्रकार सम्मेलनमा नेतृ खनालले देशभर गृहिणी शिक्षा लागू गर्न र मुलुकमा बढिरहेको बेथिति, भ्रष्टाचार, कुशासनविरुद्ध अभियान सञ्चालन गर्न लागेको जानकारी दिइन् । यसअघि २०६३ सालमा मकवानपुरमा गृहणी शिक्षा आन्दोलन र सहकारी अभियान सञ्चालन गरेपछि तत्कालिन समयमा सरकारले वैकल्पिक शिक्षा प्रणालीको रुपमा ग्रहण गरेको स्मरण गर्दै नेतृ खनालले पुनः उक्त अभियानलाई सञ्चालन गर्न लागिएको बताइन् ।
उनले आजपनि गृहणी शिक्षाका आवस्यकता उत्तिकै रहेको बताउँदै स्थानीय तहहरुले अभियानलाई सहयोग गर्ने विश्वास व्यक्त गरिन् । यस्तै नेतृ खनालले अभियान अन्तर्गत नै तीन तहको सरकार मध्ये प्रदेश तहको सरकार खारेजी आफुहरुको माग रहेको बताइन् । उनले प्रदेश सरकारको खर्च जनताले थेग्नै नसक्ने भन्दै तत्काल प्रदेश खारेजीको प्रकृयालाई अगाडी बढाउनुपर्नेमा जोड दिईन् ।
उनले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै अवस्थामा पुग्न लाग्दा समेत दलहरु सत्ताकै वरीपरी घुमेको आरोप लगाउँदै उनीहरुलाई जनता र देशको कुनै वास्ता नभएको टिप्पणी गरिन । नेतृ खनालले देशलाई श्रीलंका पथमा जान नदिन सबै एकजुट हुनुपर्ने बेला आएको बताईन । उनले अभियानको पहिलो चरणमा हेटौंडाबाट पर्चा वितरणबाट सुरु गर्ने जानकारी दिदैँ साउन २१ गतेसम्म अभियानलाई विभिन्न माध्यमबाट गाउँ, टोलसम्म पु¥याउँने बताईन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार