Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको शान्तिसुरक्षामा 'नो कम्प्रोमाइज': एसपी गौतम

एसपी-गौतम-1659091400.jpg

१३ साउन,हेटौंडा । मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले जिल्लाको शान्ति सुरक्षा कायम गर्ने कुरामा कुनै कम्प्रोमाइज नगर्ने भन्दै आफ्ना प्रतिवद्धता व्यक्त गरेका छन् ।
शुक्रबार मकवानपुरमा क्रियाशील पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक गौतमले लागू पदार्थ ओसारपसार नियन्त्रणदेखि प्राकृतिक स्रोतको गैरकानुनी दोहन रोक्नेसम्मका योजनाहरु सहितका  प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले जिल्लामा  लागुऔषध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षा, घरेलु मदिरा नष्ट, यौन व्यवसाय नियन्त्रण कोरोना भाइरस नियन्त्रणको प्रभावकारी व्यवस्था लगायतका विषयमा आफु प्रतिवद्ध रहेको  जनाएका हुन्।
एसपी गौतमले आफु प्रमुख रहदा सुचना दिन आग्रसर रहने समेत बताएका हुन। संगठित अपराध तथा गुण्डागर्दी, सिमा अपराध र प्राकृतिक स्रोतको दोहन गर्नेमाथि ‘निर्मम’ प्रहार गर्ने समेत उनले पत्रकार भेटघाटमा बताए।
यस अघि जिल्ला प्रहरी कार्यालय मकवानपुरको डिएसपी रहेर काम गरिसकेका  गौतमले  फैसला कार्यान्वयन र फरार प्रतिवादी पक्राउ अभियानलाई पनि प्राथमिकतामा राखिएको कुरा व्यक्त गरे।
"घरेलु हिंसा, लैङ्गिक हिंसा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिमाथि हुने अपराधमा कानुनी कठोरतादेखि मानव अधिकारको संरक्षण र संवद्र्धनमा पनि मकवानपुर प्रहरी पछि हटदैन"-प्रहरी उपरीक्षक गौतमले भने। 
पत्रकार भेटघाटमा पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्की,प्रहरी निरीक्षक चुडा कुमारी खड्का, बलराम श्रेष्ठ लगायत मकवानपुरका पत्रकारहरुको उपस्थिती रहेको थियो। पत्रकार भेटघाटमा पत्रकारहरुले प्रहरीले आफ्नो कानुनी अधिकार र कर्तव्यको दायरामा रही आम नागरिकको शान्ति सुरक्षामा ध्यान दिन आग्रह गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार