Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वडाध्यक्ष जिम्वाले गरिन २० घर विपन्नको स्वास्थ्य बीमा

296252257_123210477110406-1659145294.jpg

१४ साउन, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका ५ नम्बर वडा अध्यक्ष लक्ष्मी जिम्वाले जनप्रतिनिधि भए वापत आफूले प्राप्त गर्ने सेवा सुविधा वापतको रकम २० घर विपन्न परिवारको स्वास्थ्य बीमामा खर्च गरेकी छिन् । 
चुनावी अभियानको क्रममै वडा अध्यक्ष जितेमा कुनैपनि सेवा सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गरेकी उनले वडाभित्रका २० परिवारको स्वास्थ्य बीमा गरेर आफ्नो अभियानको सुरुवात गरेकी हुन् । वडा भित्रका अपाङ्ग, एकल महिला तथा विपन्न गरी पहिलो चरणमा २० घर परिवारको स्वास्थ्य बीमा गराएकी हुन् । 
चुनावको समयमा वडाबासीसंग गरेको प्रतिबद्धतालाई आत्मसाथ गरेको वडा अध्यक्ष जिम्बाको प्रतिक्रिया छ । ‘चुनाव अघि जनतासामु प्रतिबद्धता जनाउँदै वडा अध्यक्ष भएपछि आउने तलव भत्ता लगायतको कुनैपनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेको थिएँ, ‘जिम्बाले भनिन्, ‘सोही बिषयलाई कार्यान्वयन गर्दै यस अवधिमा मैले पाउने सेवा सुविधाको रकम र व्यक्तिगत केही रकम थपेर वडाका २० घर परिवारको स्वास्थ्य बीमा गराएको हुँ ।’ 
उनले निर्वाचनको समयमौ आफूले पाउने सेवा सुविधा एकल र विपन्न महिला तथा विपन्न परिवारको विद्यार्थीको शिक्षामा खर्च गर्ने उद्घोष गरेकी थिइन् । करिब ७० हजार रुपैयाँ बराबरको लगानीमा स्वास्थ्य बीमा गरिदिएको वडा अध्यक्ष जिम्बाले बताइन् । यस अभियानले ५ बर्षसम्म निरन्तरता पाउँदै जाने उनले जानकारी दिइन् । 
स्वास्थ्य बीमा पश्चात स्थानीय विपन्न परिवारका सदस्यले गरिब, दुःखीहरुका लागि सोच्ने इमान्दार  कर्तव्यनिष्ठ वडा अध्यक्ष पाएको भन्दै खुसी व्यक्त गरे । वडा अध्यक्ष जिम्वाले यो सुरुवात भएको घोषणा गरिन् । 
ेकार्यक्रममा वडा सचिव पुजन न्यौपाने, वडा सदस्यहरु ज्ञानीमाया विश्वकर्मा, सोम बहादुर माझी, अमृत थिङ, राजदमार आधारभुत स्वास्थ्य केन्द्रका इन्चार्ज सम्झना राना मगर, नेपाली कांग्रेस बकैया सचिव सुनिल दर्लामी, बीमाकर्ता एवम कर्मप्राप्ति मा.विका शिक्षक मदन दाहाल लगायतको आतिथ्यता थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार