Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा आजबाट तीनपाङ्ग्रे सवारी व्यवस्थापन गरिँदै

tinpanre1111111111111-1659573810.jpg

 १९ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आज बिहीबारबाट तीनपाङ्ग्रे सवारीलाई व्यवस्थित गर्ने भएको छ । अव्यवस्थित सञ्चालन भैरहेको तीनपाङ्ग्रे सवारीका कारण प्रदेशको राजधानी हेटौंडा कुरुप हुनुको साथै दुर्घटना समेत बढ्दै गएपछि उपमहानगरपालिकाले व्यवस्थित गर्न लागेको हो ।
बिहान साढे १० बजेबाट नगर क्षेत्रमा सञ्चालन हुने सवारीलाई स्टीकर टाँस गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरबाट स्टीकर टाँस अभियानको शुभारम्भ हुने बताइएको छ । 
हेटौंडामा मनलाग्दी सञ्चालन भैरहेको तीनपांग्रे सवारीले दुर्घटना समेत बृद्धि भैरहेको छ । उपमहानगरले आफ्नो क्षेत्रभित्र सञ्चालन अनुमति प्राप्त सवारीलाई सञ्चालन अनुमति सहितको स्टिकर प्रदान गर्न लागेको हो । 
सोमबार बसेको उपमहानगरको कार्यपालिका बैठकले हेटौंडामा सञ्चालनको परमिट लिएका तीनपाङ्ग्रे सवारी साधनलाई नगरभित्र सञ्चालन अनुमतिको स्टीकर प्रदान गर्ने निर्णय गरेको थियो । 
गत असार ३२ गते उपमेयर राजेश बानियाँको अध्यक्षतामा बसेको पार्किङ व्यवस्थापन समितिको बैठकबाट गठित दुई उपसमितिले यातायात व्यवसायी, ट्राफिक प्रहरी सहित विभिन्न सरोकारवाला संगको पटक पटकको छलफल र स्थलगत निरीक्षणबाट प्राप्त सुझावको आधारमा कार्यपालिकाले यस्तो निर्णय गरेको बताइएको छ । 
यसअघि २०७६ पुस ७ गतेको बैठकले हेटौंडा उपमहानगर क्षेत्रमा तीनपाङ्ग्रे सवारी साधन दर्ता अनुमति नदिने निर्णय गरेको थियो । उक्त मिति पछि विभिन्न पालिका तथा अन्य जिल्लामा सञ्चालन अनुमति (परमिट) लिएर हेटौंडा बजार क्षेत्रमा अनाधिकृत सञ्चालन भइरहेका तीनपाङ्ग्रे सवारी साधनलाई निषेध गर्ने गरी यो निर्णय गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । 
स्टीकर प्रदान गरेसंगै हेटौंडा उपमहानगर क्षेत्रमा सञ्चालन अनुमति लिएका तीनपाङ्ग्रे सवारी बाहेकलाई सञ्चालन निषेध गरिने भएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार