१९ साउन,हेटौंडा । भर्खरै बागमती प्रदेश प्रहरी प्रमुखको नेतृत्व सम्हालेकी प्रहरी नायव महानिरीक्षक(डिआइजी) किरण बज्राचार्यले प्रदेशभर शान्ति सुरक्षा मजबुत बनाउने कुरा आफु प्रतिवद्ध रहेको कुरा व्यक्त गरेकी छिन्।
बिहीबार दिउँसो प्रदेश प्रहरी कार्यालयमा मकवानपुरे पत्रकारसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश मतहतका जिल्लाको शान्ति सुरक्षा कायम गर्न स्थानीय तहसँग,स्थानीय नागरिकसँग समन्वय गरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेकी हुन्।
पत्रकारसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै बज्राचार्यले बढ्दो सामाजिक अपराध,लागुऔषध कारोबार,अवैध हातहतियारको प्रयोग,बलात्कार,विपद व्यवस्थापन,घरेलु हिंसा जस्ता कार्यको नियन्त्रणमा सग्रज संचारजगतको पनि आवश्यकता र समन्वय रहने हुदा यसको नियन्त्रणमा राज्यको चौथो अंगको रुपमा रहेको संचारजगतको पनि भुमिका रहने हुदा, प्रदेश प्रहरी कार्यालयलाई पत्रकार तथा संचारजगतको साथ चाहिने भन्दै सहकार्यका लागि अनुरोध गरेकी छिन्।
उनले जिल्ला भ्रमणका क्रममा हत्या,बलात्कार र आत्महत्याको घटना बढेको पाइएकोले त्यसको न्यूनीकरणका लागि स्थानीय नागरिकसँग छलफल समेत गरेको कुरा जानकारी गराइन।
"मैले प्रदेश प्रहरी प्रमुखको नेतृत्व समालिसकेपछि १० जिल्लाका प्रहरी प्रमुखलाई शान्ति सुरक्षा कायम गर्न,प्रकृतिक दोहनका घटना नियन्त्रण,हत्या अपराध न्यूनीकरणका पनि कसुर बाँकी नराख्न निर्देशन दिइसकेको छु"- डिआइजी बज्राचार्यले भनिन्।
उनले परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरीको व्यवहारमा पक्कै कमी कमजोरी रहेको स्वीकारगर्दै,प्रहरीको क्षमता अभिवृद्धि गर्ने र गलत गर्नेलाई सजाय तथा राम्रो गर्नेलाई पुरस्कारको व्यवस्था गर्ने बताइन।
त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरी कार्यालयले गत आर्थिक बर्षको घटनाको अवस्थाका,अपराध नियन्त्रण,भन्सार छलेर ल्याएका सामान नियन्त्रणा लिएको,सवारी दुर्घटना, हत्या अपराध,बलात्कारका घटना, जजक,सामुदायिक प्रहरी साझेदारी कार्यक्रमका बारेमा पत्रकारलाई जानकारी गराएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल,नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट,पत्रकार महासंघ बागमती सदस्य सुदिप शिवाकोटी,पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई,बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु कुमार थापा लगायत सहित मकवानपुरमा क्रियाशील विभिन्न संचार गृहका पत्रकारहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागि पत्रकारले जिल्ला तथा प्रदेशका अन्य जिल्लामा नेपाल प्रहरीको भुमिका र अवस्थाको बारेमा डिआइजी बज्राचार्यलाई अवगत गराएका थिए।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

















