Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुच्चेखोला वनले हेटौंडा र मकवानपुरगढीका जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

GridArt_20220806_10272303-1659761465.jpg

२१ साउन,हेटौंडा। हेटौंडा-१७ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले स्थानीय तह सदस्य निर्वाचन-२०७९ मा निर्वाचित हेटौंडा उपमहानगरपालिका तथा मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ। 
शनिबार वन समूहको स्वामित्वमा रहेको सालक पार्कमा एक कार्यक्रमको आयोजन गर्दै भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट नवनिर्वाचित दुई वटा स्थानीय तहका जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको हो।

चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा 
वागमती प्रदेशका वननिर्देशक विद्यानाथ झा को प्रमुख आतिथ्यता रहेको थियो। 
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा,मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, हेटौंडा-१७ का वडाध्यक्ष उद्धव सत्याल, मकवानपुरगढी -३ का वडाध्यक्ष भागवत घिमिरे,वडा नम्बर-२ का वडाध्यक्ष बखान सिं पाख्रिन,हेटौंडा उपमहानगर कार्यपालिका सदस्य अर्जुन बहादुर राई, मकवानपुरगढी गाउ कार्यपालिका सदस्य पातली माया गोले,गढी २ का वडासदस्य  राम प्रसाद चौरेल,हेटौंडा-१७ का वडासदस्य नवराज न्यौपाने, १७ कै वडासदस्य लेख कुमारी तिमल्सिना लगायतलाई स्वागत तथा सम्मान गरिएको थियो। 

कार्यक्रममा मकवानपुरगढीका अध्यक्ष दोर्जे लामा स्याङ्तान,हेटौंडाकी नगर प्रमुख मिना कुमारी लामा,वनका संस्थापन अध्यक्ष रुद्रनाथ न्यौपाने, पर्व अध्यक्ष देव प्रसाद घिमिरे,सहायक वनअधिकृत गोविन्द अर्याल,जेडएसएलका प्रतिनिधि राजन केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

चुच्चेखोला सामुदायिक वन मकवानपुरकै पहिलो दर्ता भएको सामुदायिक वन उपभोक्ता समूह हो। हेटौंडा उपमहानगरपालीका वडा नम्बर ६,१७ मकवानपुरगढी वडानम्बर २ र ३ सिमानासम्म कायम रहेको वन २३८.९ हेक्टर क्षेत्रफलमा फैलिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार