Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा शुरु भयो उम्मेदवारको चर्चा

party-1659859999.jpg

२२ साउन, हेटौंडा । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकेपछि मकवानपुरमा पनि उम्मेदवारको चर्चा शुरु भएको छ । मकवानपुरमा सर्वसाधारण र पार्टीका नेता कार्यकर्तामाझ आगामी निर्वाचनमा उम्मेदवार हुन सक्नेहरुबारे चर्चा शुरु भएको हो ।
सर्वसाधारण र पार्टीका नेता कार्याकर्ताहरु ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रका साथै राष्ट्रिय राजनीतिमा रही मकवानपुरमा क्रियाशिल एकिकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलबाट सम्भावित उम्मेदवारहरुको प्रारम्भिक चर्चा गरिरहेका छन् । मकवानपुरको प्रतिनिधिसभातर्फ इन्द्रबहादुर बानियाँ, कृष्णप्रसाद दाहाल, कमल थापा, डोरमणि पौडेल, बिरोध खतिवडा, महालक्ष्मी उपाध्याय डिना, राजाराम स्यांतान लगायतका नेताहरु चुनावी मैदानमा आउन सक्ने चर्चा छ ।
त्यस्तै, प्रदेशसभातर्फ प्रेमबहादुर पुलामी, अशोक शाक्य, दिपकबहादुर सिंह, कुमारी मोक्तान, मुनु सिग्देल लगायतका नेताहरुबारे चर्चा भईरहेको छ । विगतमा उम्मेदवारी दिएका र सांसद भईसकेकाहरु को दोहोरिएलान् र गठबन्धनका कारण को पछि हट्नुपर्ने हो भन्ने बारेमा उनीहरुको चासो रहेको पाईएको छ । यस्तै, ठूला र क्रियाशिल दलका साथै नयाँ दल र स्वतन्त्र दलबाट युवा पुस्ताका नेताहरुको उम्मेदवारी आउन सक्ने भएपनि सर्वसाधारण यसबारे अहिले नै एकिनमा पुगिसकेको पाईदैन । 
कांग्रेस नेतृत्वको गठबन्धनसंगै एमालेले राप्रपासहितको गठबन्धन बनाउने करिब निश्चित रहेको उनीहरुको अनुमान छ । दुई गठबन्धनको टुंगोपछि मात्रै उम्मेदवारबारे स्पष्ट खाका आउने मकवानपुरका राजनैतिक दलका नेताहरुको भनाई छ । सर्वसाधारण भने अबको निर्वाचनका उम्मेदवारीमा नयाँ पुरानाको मिश्रण हुनुपर्ने धारणा राख्छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार