Email :- prastakhabar@gmail.com
राजनीति

मकवानपुरमा शुरु भयो उम्मेदवारको चर्चा

party-1659859999.jpg

२२ साउन, हेटौंडा । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकेपछि मकवानपुरमा पनि उम्मेदवारको चर्चा शुरु भएको छ । मकवानपुरमा सर्वसाधारण र पार्टीका नेता कार्यकर्तामाझ आगामी निर्वाचनमा उम्मेदवार हुन सक्नेहरुबारे चर्चा शुरु भएको हो ।
सर्वसाधारण र पार्टीका नेता कार्याकर्ताहरु ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रका साथै राष्ट्रिय राजनीतिमा रही मकवानपुरमा क्रियाशिल एकिकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलबाट सम्भावित उम्मेदवारहरुको प्रारम्भिक चर्चा गरिरहेका छन् । मकवानपुरको प्रतिनिधिसभातर्फ इन्द्रबहादुर बानियाँ, कृष्णप्रसाद दाहाल, कमल थापा, डोरमणि पौडेल, बिरोध खतिवडा, महालक्ष्मी उपाध्याय डिना, राजाराम स्यांतान लगायतका नेताहरु चुनावी मैदानमा आउन सक्ने चर्चा छ ।
त्यस्तै, प्रदेशसभातर्फ प्रेमबहादुर पुलामी, अशोक शाक्य, दिपकबहादुर सिंह, कुमारी मोक्तान, मुनु सिग्देल लगायतका नेताहरुबारे चर्चा भईरहेको छ । विगतमा उम्मेदवारी दिएका र सांसद भईसकेकाहरु को दोहोरिएलान् र गठबन्धनका कारण को पछि हट्नुपर्ने हो भन्ने बारेमा उनीहरुको चासो रहेको पाईएको छ । यस्तै, ठूला र क्रियाशिल दलका साथै नयाँ दल र स्वतन्त्र दलबाट युवा पुस्ताका नेताहरुको उम्मेदवारी आउन सक्ने भएपनि सर्वसाधारण यसबारे अहिले नै एकिनमा पुगिसकेको पाईदैन । 
कांग्रेस नेतृत्वको गठबन्धनसंगै एमालेले राप्रपासहितको गठबन्धन बनाउने करिब निश्चित रहेको उनीहरुको अनुमान छ । दुई गठबन्धनको टुंगोपछि मात्रै उम्मेदवारबारे स्पष्ट खाका आउने मकवानपुरका राजनैतिक दलका नेताहरुको भनाई छ । सर्वसाधारण भने अबको निर्वाचनका उम्मेदवारीमा नयाँ पुरानाको मिश्रण हुनुपर्ने धारणा राख्छन् ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

बाढीले बगाउँदा एक जनाको मृत्यु
death-5a68471f0a7ce5.2584-1685979786.jpg

२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...

तीन जनामा कोरोना संक्रमण पुष्टि
corona-1685965027.jpg

२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६७२ वटा नमुना परीक्षण गर्दा...

प्रधानमन्त्री ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाइयो
Screenshot_20230605_15305-1685958376.jpg

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाइएको छ...

हेटौंडा-१५ मा प्रसारण लाइनको तार फेर्ने कार्यमा स्थानीयको अवरोध, प्रहरी परिचालन
National-Grid-LineVision-1685951167.jpg

२२ जेठ, हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले  कमाने स्वस्टेसन मार्फत १३२ केभि प्रसारण...

भण्डारी र न्यौपानेसहित ४६ ईन्स्पेक्टर डिएसपी बढुवामा सिफारिस
Screenshot_20230605_12501-1685948801.jpg

२२ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक...

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर
0x0-(1)-1685944700.jpg

२२ जेठ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: पौडेल
Screenshot_20230605_10434-1685941146.jpg

२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व...

क्रिकेटर लामिछाने आज दक्षिण अफ्रिका जाँदै
1662628498_sandeep-lamich-1685933627.jpg

२२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज  दक्षिणअफ्रिका जाँदैछन् ।...

थप समाचार