२२ साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि एन्टी हेमोफिलियक फ्याक्टर हस्तान्तरण गरेको छ ।
मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा भएको एक कार्यक्रममा स्वास्थ्य मन्त्री निमा लामाले हेमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेलाई हेमोफिलियक फ्याक्टर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री लामाले बागमती प्रदेश सरकारबाट प्राप्त सहयोगको औषधी होमोफिलियाका बिरामीका लागि सर्वसुलभ रुपमा उपलव्ध गराउन हेमोफिलिया सोसाइटीलाई आग्रह गरे ।
उनले प्रदेश सरकार यस्तै खाले अन्य रोगका विरामीहरुको लागि औषधी र उपचारको व्यवस्था गर्न प्रतिवद्ध रहेको बताए । उनले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले औषधी एवं उपकरण र औषधी खरिदका लागि बजेट विनियोजन गरिसकेकाले खरिद प्रकृया अघि बढेको बताए ।
आपूर्ति केन्द्रबाट सोसाइटीलाई ११ सय ३० भाइल औषधी उपलव्ध गराएको आपूर्ति केन्द्रका प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिए । हस्तान्तरण गरेको औषधीको मूल्य करिब एक करोड रुपैंया रहेको जनाईएको छ । देशभर हेमोफिलियाका ७ सय ८० र बागमती प्रदेशमा २० महिलासहित २ सय ५० जना विरामी रहेको जनाईएको छ । औषधी अभावमा गत बर्ष ४ जनाको मृत्यु भएको सोसाइटीले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य आपूर्ति केन्द्रका बरिष्ठ जनस्वास्थ्य निर्देशक शम्भु काफ्ले, सोसाइटीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
९ असोज, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरका विभिन्न स्थानमा १५ विगाह गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी...
९ असोज, काठमाडौं । काठमाडौंमा मंगलबार चिकित्सकहरुले प्रदर्शन गरेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालका...
९ असोज, काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने आज चीन गएका छन् । साढे १२ बजे नेपाली राष्ट्रिय टोलीका...
९ असोज, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन...
९ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज छोङछिङ पुगेका छन् । उनलाई...
९ असोज, काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । विशेष कारणवश बैठक बस्न नसक्ने भएकाले स्थगित भएको हो...
९ असोज, बारा । बारामा नेपाल-भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा पूर्वसशस्त्र प्रहरी जवानको...
९ असोज, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा...
८ असोज, काठमाडौं । एमाले बागमती प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाविपरीत चुनावी प्रतिस्पर्धाबाटै...
४ असोज,हेटौँडा । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ...
१ असोज, हेटौंडा । पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको जितपुरसिमरा-१६ बाह्रकिलोमा पिकअप भ्यान...
२९ भदौ,हेटौँडा । मकवानपुरका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुको हकहित विपरित भएको भन्दै हेटौँडामा शिक्षा...
२७ भदौ,हेटौंडा । हेटौंडामा दुई डाक्टर माथि हातपात र कुटपिट भएको छ। बुधवार दिउँसो हेटौंडा उपमहानगरपालिक–१...
३१ भदौ,हेटौँडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ । आइतबार...
३० भदौ,हेटौँडा । भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टर विकास थापा तथा प्रशान्त विडारी माथि भएको...
१ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विदेशी मुद्रासहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ...
८असोज,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खुरखुरेमा दुइवटा यात्रुवाहक बस ठोक्किदा ३१ यात्रु...
१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने...