२३ साउन, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाका बिरामीलाई उपचारका लागि निःशुल्क रगत उपलब्ध गराइने भएको छ । मनहरी गाउँपालिकाले आफ्नो पालिकाका बिरामीको सहजताको लागि नेपाल रेडक्रस सोसाइटीसंग यस्तो सम्झौता गरेको हो ।
मनहरी गाउँपालिका क्षेत्रका बिरामीले अब निःशुल्क रगत प्राप्त गर्ने भएका छन् । आवश्यक रगतको पैसा तिर्न बाध्य बिरामीको सहजताको लागि रेडक्रससंग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।
रेडक्रस सोसाइटीले अब मनहरी गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउनेछ । खपत भएको रगतको रकम गाउँपालिकाले रेडक्रसलाई प्रदान गर्नेछ । आइतबार एक कार्यक्रमकाबीच मनहरी गाउँपालि र रेडक्रसको बीच सम्झौता भएको हो ।
मान्यता प्राप्त अस्पतालमा उपचार गराउने मनहरीका बिरामीका लागि चिकित्सको सिफारिसका आधारमा आवश्यक रगत रेडक्रसको ब्लड बैंकाले उपलब्ध गराउने छ । मानिस बिरामी हुँदा अत्यावश्यक हुने रगत किन्नुपर्ने अवस्थाको अन्त्यका लागि रेडक्रससंग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष कालाखेतीले बताए ।
८५० रुपैयाँमा प्रतियुनिट रगत किन्नुपर्ने अवस्था रहेको थियो । सम्झौतामा मनहरी गाउँपालिकाको तर्फबाट अध्यक्ष कालाखेतीले र रेडक्रसको तर्फबाट मन्त्री खेमराज सापकोटाले हस्ताक्षर गरेका छन् ।
यसअघि हेटौंडा उपमहानगरपालिकाले पनि रेडक्रससंग उपमहानगर क्षेत्रका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेको थियो ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















