२३ साउन, हेटौंडा । हेटौंडाको क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले बाकुमा चौथो अन्तर्राष्ट्रिय सामाजिक अवार्डको आयोजना गर्ने भएको छ । आयोजकले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अवार्डको बिषयमा जानकारी दिएको हो ।
अवार्डमा मकवानपुरेसहित २५ जनाले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नेछन् । यसअघि सन्देश इन्टरनेशनल अवार्डको नाममा प्रदान गरिँदै आएकोमा यस बर्ष अन्तर्राष्ट्रिय सामाजिक अवार्ड बनाइएको छ ।
अवार्डका विधा र प्रकृति उस्तै रहेपनि अझै वृहत र धेरै विधा समेट्ने उद्देश्यले नाम र आयोजक परिवर्तन गरिएको क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष सुनिल खड्काले जानकारी दिए । भदौ २७ गतेदेखी असोज ३ गतेसम्म अजरवैजान (बाकु) र दुवई भ्रमण तथा अवार्ड कार्यक्रम गरिने उनले बताए ।
मुख्य कार्यक्रम भने भदौ २९ गते अजरवैजानको राजधानी बाकुमा हुनेछ । आयोजक संस्था सञ्चार, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा काम गरिरहेको संस्था भएको बताइएको छ । विगतका बर्षहरु झैं यसबर्ष पनि विभिन्न क्षेत्रमा कृयाशिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिने बताइएको छ ।
कार्यक्रममा नेपालसंगै युरोप, जापान, अमेरिका, थाइल्याण्ड, कतार, मलेसिया, सिंगापुर, चाइना लगायतका मुलुकबाट सहभागिता हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा अजरवैजान र दुबईको विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व एवम् उद्योगी व्यवसायी गरी करिब २ सय जनाको सहभागिता हुनेछ ।
विभिन्न २५ विधामामा २५ जनालाई चौथो अन्तर्राष्ट्रिय सामाजिक अवार्ड गरिनेछ । अनलाइन गुगल फारम भरेर पनि अवार्ड कार्यक्रममा सहभागी हुन सकिने र अनलाइन मार्फत आएका आवेदन अध्ययन गरेर अवार्ड प्रदान गरिने निर्णायक ज्ञानेन्द्र बर्तौलाले जानकारी दिए ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















