२५ साउन, हेटौंडा । शिक्षा बिज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले आगामी मंसिर ४ मा तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण, हुने बताएका छन् ।
नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर समन्वय समिति मकवानपुरको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै शिक्षा मन्त्री पौडेलले तोकिएको समयमै निर्वाचन हुने कुरामा ढुक्क हुन आग्रह गरे । उनले चुनाव कल्ले जित्छ वा हार्छ भन्दा पनि प्रणाली स्थापित गर्ने कुरा महत्वपूर्ण भएको बताए ।
लोकतन्त्र र संविधानको रक्षाको लागी बनेको गठबन्धनले निर्वाचनमा मात्र नभई आगामी दिनमा स्थायी सरकार निर्माण र स्थिरताका लागी पनि निरन्तरता पाउँने मन्त्री पौडेलले दावी गरे ।
उनले अब एमालेसँग एकता संभव नरहेको दावी गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागी एकजुट भएका कम्युनिष्ट पार्टीहरुबीच समाजवादी केन्द्र बनाउने बिषयमा भने छलफल भइरहेको जानकारी पनि दिए । आगामी चुनावबाट माओवादी केन्द्रलाई बामपंथीको पहिलो पार्टी बनाउने लक्ष्य रहेको पनी उनले उल्लेख गरे ।
यस्तै मन्त्री पौडेलले पत्रकार सम्मेलनमा यस बर्ष थप दुई विश्वविद्यालय थपिने जानकारी दिए । उनले शिक्षालाई सिपसंग जोड्दै रोजगारी सिर्जनामा जोड दिइने बताए । सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागी अबको तीन बर्ष भित्र विद्यालयहरुको भौतिक पूर्वाधार विकासमा जोड दिने बताए ।
प्रेस सेन्टर समन्वय समिति मकवानपुरका उपाध्यक्ष राजकुमार केसीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बागमती प्रदेशका सामाजीक विकास मन्त्री कुमारी मोक्तान, माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, बागमती प्रदेश उपाध्यक्ष एव प्रदेस सांसद प्रेमबहादुर पुलामी लगाएतको उपस्थिति रहेको थियो ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















