२७ साउन, हेटौंडा । प्रधनमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहेकासबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीहरुबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पु¥याउने उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले रक्षाबन्धन पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ सङ्कल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।
रक्षाबन्धन विशेषगरी हिन्दू ब्राम्हण तथा क्षत्रिय पुरुषहरुले परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाएर मनाउने पर्व भए पनि नेपालमा धेरै धार्मिक समुदायले यसलाई श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ ।
त्यसैगरी नेवाः संस्कृतिमा गुंपुन्ही नामले चिनिने यस पर्वमा नेपालका तराई क्षेत्रमा दाजुभाइ र दिदीबहिनीहरुले एक आपसमा राखी बाँधी आपसी भाइचारा, प्रेम र सद्भाव अभिवृद्धिका लागि शुभकामना आदानप्रदान गर्ने प्रचलन पनि रहिआएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
-1626781799-1660267267.jpg)

















