Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्वतन्त्र पार्टीको प्रदेशमा विश्कर्मा, मकवानपुरमा राजकुमार न्यौपाने

185800432_383074991371835-1660310341.jpg

२७ साउन, हेटौंडा । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको हेटौंडामा भएको भेलाले बागमती प्रदेश र मकवानपुर सभापति चयन गरेको छ । बागमती प्रदेशको सभापतिमा काभ्रेका दीपक विश्वकर्मा र मकवानपुर जिल्ला सभापतिमा राजकुमार न्यौपाने चयन भएका छन् । 
शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा भएको प्रदेशस्तरीय भेलाले प्रदेश सभापतिमा विश्कर्मा र मकवानपुर जिल्ला सभापतिमा न्यौपानेलाई चयन गरेको हो । भेलाले प्रदेश सदस्यहरुमा मकवानपुरका उत्सव अर्याल, श्यामसुन्दर कंडेल, बीरेन्द्र थापा, सुरेश थापा, विक्रमकुमार लो सहित विभिन्न जिल्लाका देव विश्वकर्मा, कृष्णहरि पौडेल, सविना विक र सुरेन्द्र भट्टलाई चयन गरेको छ । 
पार्टीको बैठकले बाँकी पदको बाँडफाँट पछि गर्ने बताइएको छ । यस्तै यसअघि मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनताका तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट एमाले प्रवेश गरेका न्यौपाने स्वतन्त्र पार्टीको मकवानपुर सभापतिमा चयन भएका हुन् । 
हेटौंडामा भएको प्रदेशस्तरीय भेला आयोजनाका लागि न्यौपानेले नै तारतम्य मिलाएका थिए । जिल्ला कार्यसमितिको भने टुंगो लाग्न बाँकी रहेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार