Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

टोल समन्वय समिति हेटौंडा ६ को साधारणसभा सम्पन्न, निर्वाचन भदौं १ गते

FB_IMG_1660401727558-1660402094.jpg

२८ साउन,हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को तेस्रो साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ।टोल समन्वय समितिका अध्यक्ष केशव धितालको अध्यक्षता तथा हेटौंडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष धितालले ३ वर्षदेखी टोल समन्वय समितिले वडाभित्र गरेका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा वडा अध्यक्ष दाहालले टोल सुधार गर्नको लागि टोल विकास संस्थाहरुको भूमिका महत्वपूणर् रहने बताए ।टोल विकास संस्थाहरुको प्रत्यक्ष सहकार्यमा वडाले आगामी दिनमा पनि विकासका कामहरु गर्ने उनले बताए ।कार्यक्रममा टोल विकास संस्था नगर समतिका अध्यक्ष ध्रुव अधिकारीले टोल समन्वय समिति हेटौंडा ६ ले नगरभरीमै उत्कृष्ट काम गरेको बताए ।कोरोना महामारीको समयमा ६ नम्बर समन्वय समितिले गरेको काम नगरमा नै उदाहरणीय रहेको उनले बताए । कार्यक्रममा भूमि आयोग मकवानपुरका विज्ञ सदस्य एवम् हेटौंडा ६ का पूर्व अध्यक्ष अर्जुनप्रसाद चौलागाईले आफूले अध्यक्ष भइरहँदा पनि टोल विकास संस्थाहरुलाई प्रत्यक्ष रुपमा सहभागी गराएर विकास निर्माणका कामहरु गरेको बताए।कार्यक्रममा हेटौंडा ६ का वडा सदस्य विजय पौडेल,लेखराज ढकाल, सरिता सापकोटा ,टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धुव्र अधिकारी,महासचिव शिवहरी दाहाल,कोषाध्यक्ष पुण्यवती पनेरु,कांग्रेस का ६ नम्बर वडा सभापति रामहरी तिमल्सिना,नेकपा एमाले ६ नम्बर इन्चार्ज ईन्द्र प्रसाद खतिवडा,नेकपा एसका ६ नम्बर इन्चार्ज देवराज गौतम,जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल,चौघडा सहकारीका कार्यवाहक अध्यक्ष विजय कुमार श्रेष्ठ,नारायणी दुग्ध उत्पादक सहकारी अध्यक्ष रिपु प्रसाद गौतम कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका व्यवस्थापक भिमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
अधिवेशनको क्रममा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछी भाद्र १ गतेको लागि निर्वाचनको मिति तय भएको छ । निर्वाचन सम्पन्न गराउन नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल संयोजक रहने गरी ३ सदस्यीय निर्वाचन समिति समेत गठन भएको छ ।निर्वाचन समितिको सदस्यमा टोल विकास संस्था नगर समन्वय समितिका कोषाध्यक्ष चन्द्रवती पनेरु र सञ्चारकर्मी सुनिल शिवाकोटी रहेका छन् । ६ नम्बर वडामा २३ वटा टोल विकास संस्थाहरु रहेका छन् । प्रत्येक टोल विकास संस्थाबाट एक महिला सहित ३ जना प्रतिनिधिहरु निर्वाचनमा सहभागी हुनेछन् । ६९ जना टोल विकास संस्थाका प्रतिनिधि र ११ जनाको टोल समन्वय समितिको कार्यसमिति गरी ८० जनाले निर्वाचन प्रकृयामा सहभागिता जनाउने छन् ।

FB_IMG_1660402107905-1660402173.jpg

निर्वाचन कार्य तालिका


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार