३० साउन, हेटौंडा । यात्रुसंग तोकिएको भन्दा बढी भाडा लिएको भन्दै हेटौंडामा ६ वटा सुमो कारबाहीमा परेका छन् । बीरगञ्ज–हेटौंडा–काठमाडौं सञ्चालन हुने सुमोले बढी भाडा लिएको गुनासो पश्चात जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले छड्के गर्दा ६ वटा सुमो कारबाहीमा परेका हुन् । सुमोले प्रतिव्यक्ति ५० देखि ३५० रुपैयाँ सम्म बढी भाडा लिने गरेको पाइएको छ ।
बढी भाडा लिएको सुमोलाई कारबाही गर्दै भाडा फिर्ता समेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर प्रमुख (प्रहरी निरीक्षक) मुनेन्द्र थापाले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालयका अनुसार बीरगञ्ज काठमाडौं सञ्चालन हुने २ वटा र हेटौंडा काठमाडौं सञ्चालन हुने ४ वटा सुमो कारबाहीमा परेको हो ।
बीरगञ्ज काठमाडौं रुटमा चल्ने ना २ च ६२८४ र ना १ ज ५०५३ तथा हेटौंडा काठमाडौं रुटमा सञ्चालन हुने ना १ ज ७३१९, ना १ ज २१५३, बागमती प्रदेश ०३–००१ ज ०२५१ र बा २० च ५५६० नम्बरको सुमोले बढी भाडा लिएको पाइएपछि प्रहरीले कारबाही गरेको हो ।
यात्रुसंग बढी भाडा लिने सुमोलाई ६ सय देखि एकहजार ५ सय रुपैयाँसम्म जरिवाना तिराएर सचेत गराइएको ट्राफिक प्रमुख थापाले बताए । चाडपर्व सुरु भएसंगै सुमोले यात्रुसंग बढी भाडा लिने गरेको गुनासो प्रत्येक बर्ष आउने गरेको छ ।
यात्रुको गुनासोको आधारमा छड्के गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख थापाले चाडपर्वको मौका छोपेर बढी भाडा लिएमा प्रहरीलाई खबर गर्न अनुरोध गरेका छन् ।
चाडपर्वको नाममा कसैलाई पनि बढी भाडा लिने र मनपरी गर्ने छुट नभएको उल्लेख गर्दै उनले तोकिएको भन्दा बढी भाडा नतिर्न पनि सर्वसाधारणलाई अनुरोध गरेका छन् ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















