३० साउन, हेटौंडा । कुनै समय मकवानपुरसहित सम्रग जिल्लाका विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनका लागि वीरगञ्ज, भरतपुर, काठमाडौं जस्ता देशका अन्य शहरका क्याम्पस रोजाइमा पर्थ्यो।हुन त सरकारी क्याम्पसका रुपमा वन विज्ञान अध्ययनका लागि मकवानपुरको हेटौंडामा विन विज्ञान अध्ययन संस्था मात्र थियो, तर शिक्षा, मानविकी र व्यवस्थापन विषय अध्ययन गर्न कि वीरगन्जको ठाकुराम बहुमुखी क्याम्पस, भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पस र काठमाडौंमा जानु पर्ने बाध्यत्मक अवस्था रहेको थियो ।
यसै क्रममा यस वाध्यात्मक अवस्थालाई मध्यनजर गरेर उच्च शिक्षा हासिल गर्न जिल्ला छोड्नु पर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न मकवानपुर बहुमुखी क्याम्पस पछि हेटौंडा क्याम्पस स्थापना भएको हो । २०४७ सालमा स्थापना भएको हेटौंडा क्याम्पस संघर्षपूर्ण अवस्था पार गर्दै हालको अवस्थामा आईपुगेको छ । अत्याधुनिक भवनसहित हेटौंडाको मुटु मानिने वडा नम्बर ४ मा अवस्थित यस क्याम्पस शुरुमा शिक्षाशास्त्र विषयको अध्यापन थालनी गर्ने उद्देश्यसहित २०४५ सालमा रत्नज्योति क्याम्पस काठमाडौँको शाखाका रूपमा स्थापित भई २०४७ सालबाट हेटौंडा क्याम्पसमा रूपान्तरण भई दक्ष जनशक्ति उत्पादनका लागि क्रियाशिल रहँदै आएको छ।
क्याम्पस अहिले बागमती प्रदेशको राजधानी हेटौंडा सहित मधेस प्रदेशको बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाका क्षेत्रका विद्यार्थीहको आकर्षणको शैक्षिक संस्था बनेको छ । २०७८ सालदेखि बहुमुखी क्याम्पसको रुपमा परिणत भएको क्याम्पसले अनुशासन र प्रविधिमैत्री वातावरणमा शिक्षण सिकाई क्रियाकलापलाई अब्बल बनाउँदै आइरहेको छ । यसका लागि क्याम्पसमा युवा नेतृत्वसहितको युवा टिमको संलनता रहेको छ । युवा टिमको अथक मेहनतका कारण नै क्याम्पसले अहिलेको सुखद सफलता हासिल गरेको यस क्षेत्रका सरोकारवाहरुको भनाई छ ।
शिक्षाशास्त्र संकाय मात्रै अध्यापन गराउँदै आएको क्याम्पसले गत वर्षबाट अन्य संकायहरुमा १० जोड दुईदेखी स्तानक र स्नातकोत्तरसम्मको अध्यापन गराउँदै आएको छ, जहाँ वाणिज्य र मानविकी संकायमा पनि अध्यापन हुँदै आएको छ । गत बर्ष एमएडमा नेपाल प्रथम हुन सफल क्याम्पसले विक्रम शंवत २०८० सालबाट शैक्षिक सत्रबाट भने प्राविधिक विषयसहित बिआइसिटीइ, बिबिए, बिएसडक्ल्यू, र ब्याचलर इन ल लगायत विषय अध्यापन गराउने गरी तयारी भइरहेको क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले जानकारी दिएका छन् ।
अहिलेको शैक्षिक आवश्यकता तथा विभिन्न संकाय र विषयका तहगत कक्षाहरू सञ्चालन गर्न, देश तथा विदेशी शैक्षिक संस्थाहरूसँग सम्बन्धन कायम गर्न क्याम्पस सफल भएको क्याम्पस प्रमुख मानन्धर बताउछन् ।
क्याम्पस प्रमुख मानन्धरले हेटौंडा क्याम्पस विश्वविद्यालय वा देशको ऐन कानूनअनुरूप स्वायत्त शैक्षिक संस्थाहरूसँग सम्बन्धन प्राप्त गरी सैद्धान्तिक तथा प्राविधिक शिक्षाको निर्धारित पाठ्यक्रमहरू शिक्षण गराउने, विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास गराई युगानुकूल सक्षम जनशक्तिको उत्पादन गर्न गराउन लागि परेको बताए ।
क्याम्पसमा स्नातक तथा स्नातकोत्तरमा केही बिषय थप गर्न त्रिभुवन विश्वविद्यालयसँग प्रक्रिया अगाडी बढाइएको छ र हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१६ मा २ कठ्ठा जग्गा खरिद गरि उक्त जग्गामा भवन निर्माणका लागि विश्व विद्यालय अनुदान आयोगबाट ३ करोड रुपैयाँ विनियोजन भइसकेको क्याम्पस प्रमुख मानन्धरले जानकारी दिए ।
भवन बनाउन कूल ६ करोड रुपैयाँ लागत अनुमान गरिएको भवनको डिपिआर तयार भइसकेको र हेटौंडा उपमहानगरपालिकाबाट भवन इजाजतपत्र प्राप्त भइसकेको बताउँदै मानन्धरले क्याम्पसले ४० जना क्षमताको अत्याधुनिक सेमिनार हल र १८० जना क्षमताको अडिटोरियम हल निर्माण सम्पन्न गरिसकेको छ । त्यस्तै क्याम्पस परिसरमा नै ५ तले भवन निर्माणका लागि डिपिआर तयार भइसकेको र बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट कूल ७ करोड लागत अनुमानमा भवन निर्माणको कार्य अघि बढाइएको क्याम्पस प्रमुख मानन्धरले बताएका छन् ।
यता क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष आनन्दराम पराजुलीले हेटौंडा क्याम्पसलाई नमुना क्याम्पस बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । संचालक समिति अध्यक्ष पराजुलीले क्याम्पसले गत बर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउँदै छिट्टै भौतिक रुपमा सम्पन्न भएर वागमती प्रदेशको राजधानी हेटौंडामा शैक्षिक हवमा रुपमा विकासित भइ विद्यार्थीको उचित गन्तव्यको रुपमा हेटौंडा क्याम्पस स्थापना हने दावी गरे । क्याम्पसले विहान ब्याचलर, दिउँसो प्लस टु र साँझ मास्टर्स तहको अध्यापन गराउँदै आएको छ भने क्याम्पसमा ११।१२ , स्नातक र स्नातकोत्तरमा गरी हाल २ हजार ६०० विद्यार्थी अध्ययनरत रहेका छन् ।
क्याम्पस अहिले बागमती प्रदेशका साथै मधेश प्रदेशका विद्यार्थीहरु मात्रै नभई देशभरबाट विद्यार्थीहरुको शिक्षाको मन्दिर बनिरहेको र यसलाई सबै क्षेत्रबाट सहयोग हुनुपर्ने क्याम्पस व्यवस्थापनले सरोकारवालाहरुसँग आग्रह गरेको छ ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















