२ साउन, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका १ नम्बर वडामा निर्माणाधीन स्वास्थ्यचौकी भवनमा लापरबाही भएको पाइएको छ । भवनको ढलानबाट फर्मा निकालेछि लापरबाही भएको खुलेको हो ।
ढलान गरेको स्थानमा बाहिरैबाट रड देखिएको छ । अहिले सामाजिक सञ्जालमा उक्त फोटो समेत भाइरल भएको छ । स्वास्थ्यचौकी भवन निर्माणको काम एउटै लेवलमा नभएको, बिम समेत तोकिएको साइज अनुसार नभएको पाइएको छ ।
ढलानमा भाइब्रेटर नलगाएकोले फर्मा निकालेपछि बाहिरैबाट रड देखिएको स्थानीयको गुनासो छ । यसमा ठेकेदार कम्पनीसंगै प्राविधिकको समेत लापरबाही भएकोले कारबाहीको दायरामा ल्याउनुपर्ने स्थानीयको माग छ । २५ लाख ८४ हजार ४२५ रुपैयाँ बजेटमा २०७७ असोज २९ गते सम्झौता भएको यस भवन २०७८ असोज २८ गतेसम्म निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
२०७९ असार ३१ गतेसम्म निर्माण गर्ने भन्दै पहिलो पटक म्याद थप भएको थियो । उक्त समयमा पनि निर्माण सम्पन्न नभएपछि दोस्रो पटकका लागि आगामी असोज १५ सम्मको म्याद थपिएको छ । प्रोपाइटर प्रदीप घिमिरे रहेको गुरुकुल बिल्डर्सले स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का पारेको थियो ।
मनहरी १ कै स्थानीय नवराज पौडेलले स्वास्थ्यचौकी भवन निर्माणको जिम्मा लिएर काम गरिरहेका थिए । मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालले ककाम नै कमजोर गरेकोले अहिले भवनको कमजोरीको फोटो सार्वजनिक भएको प्रतिक्रिया दिए ।
‘यसमा निर्माण कम्पनी, कम्पनीसंग जिम्मा लिएर काम गर्ने पक्ष र प्राविधिकको पनि कमजोरी देखिन्छ’, खनालले भने, ‘यस बिषयमा गाउँपालिका अध्यक्षलाई जानकारी गराएको छु । अध्यक्षज्यूले अनुगमन गर्ने जानकारी दिनुभएको छ ।’
यता गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले स्वास्थ्यचौकी भवन निर्माणमा भएको लापरबाहीको बिषयमा जानकारी आएको बताउँदै तुरुन्तै अनुगमनमा जाने बताए । ‘मलाई खबर आएको छ । अनुगमनमा जानेछु । गलत गरेको प्रमाणित भए भुक्तानी रोक्नेछौं’, कालाखेतीले भने । समाचार प्रदेश दैनिकबाट साभर
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















