७ भदौं, हेटौंडा । सडकमा कष्टकर जीवन बिताउन बाध्य मानिसको सेवा गर्ने उद्देश्यका साथ स्थापना भएको मानवसेवा आश्रम ११ औं बर्षमा प्रवेश गरेको छ । आश्रमको मानवीय सेवा यही भदौ १३ गतेबाट ११ औं बर्षमा प्रवेश गर्न लागेको हो ।
आश्रमको बार्षिकोत्सवको अवसरमा विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना हुने भएको छ । २०६९ जेठ २१ देखि २७ गतेसम्म हेटौंडामा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमबाट मानवताको सेवाका लागि मानवसेवा आश्रमको परिकल्पना गरिएको थियो । सोही बर्ष भदौ १३ गते औपचारिक रुपमा मानवसेवा आश्रमको समुद्घाटन गरी सेवा शुभारम्भ भएको थियो ।
अहिलेको अवस्थासम्म आइपुग्दा मानवसेवा आश्रमले नेपालको ७ वटै प्रदेशको १९ जिल्लामा शाखा विस्तार गरी ७७ वटा जिल्लामा सहयोगापेक्षी सडक आश्रित मानिसहरुको उद्दार, औषधी उपचार, लालनपालन, पारिवारिक पुनर्मिलन र मानवता प्रवद्र्धनको कार्य गर्दै आएको छ ।
आश्रमले आज मंगलबारबाट सप्ताहव्यापी कार्यक्रम गर्दै छ । पहिलो दिन आज हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम हुनेछ भने ८ गते मानवसेवा आश्रम परिसरमा वृक्षरोपण, ९ गते मानवसेवा आश्रमको मुख्य कार्यालय रहेको धापटोल सरसफाई, दिउँसो आश्रममै तीज विशेष कार्यक्रम गरिने छ ।
यस्तै भदौं १० गते सहयोगापेक्षी सडक आश्रित मानवहरूको वृहत उद्दार, ११ गते मुठ्ठीदान संकलन कार्यक्रम, सोही दिन कुशेऔँशी विशेष कार्यक्रम, १२ गते दीप प्रज्वलन कार्यक्रम, बेलुका भजन सन्ध्या तथा १३ गते वार्षिकोत्सव समापन कार्यक्रम गरिने मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
१० बर्षमा ७२६३ जनाको उद्दार
मानवसेवा आश्रमले १० वर्षको अवधिमा देशभरबाट ७ हजार २६३ जनाको उद्दार गरेको छ । देशैभर १९ जिल्लाको २३ वटा सेवा केन्द्रहरुमा अहिले एकहजार ४८० जनाले सेवा लिइरहेका छन् । आश्रममा रहँदा हालसम्म ७९५ जनाको मृत्यु भएको छ ।
३ हजार ४०९ जनाको परिवारिक पुनःमिलन भएको र ३५९ जनाले स्वेच्छाले आश्रमबाट बाहिर गएर स्वावलम्वी भएको मानवसेवा आश्रमको तथ्यांकले देखाएको छ । आश्रमको मुख्य कार्यालय हेटौंडाले भने यो १० बर्षको अवधिमा एकहजार ४३७ जनाको उद्दार गरेको छ ।
हालः हेटौंडामा २०० जना आश्रित रहेका छन् । मुख्य कार्यालय हेटौंडाबाट ७५८ जनाको पारिवारिक पुनःमिलन गराइएको र ३५९ जनाको आश्रममै मृत्यु भएको छ ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















