Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रधानध्यापक र अध्यक्षको राजीनामा माग्दै महेन्द्र किरण मावि बन्द

hool-close-1661215834.jpg

संकेतिक तस्विर

७ भदौं, हेटौंडा । विद्यालयमा बेथिति बढेको र कमजोरी सुधारका लागि पहल नगरेको भन्दै पश्चिम मकवानपुरको मनहरीमा रहेको महेन्द्र किरण माविको प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षको राजीनामा माग गर्दै विद्यालय बन्द गरिएको छ । 
मनहरी गाउँपालिका ८ सिमपानीमा रहेको विद्यालयको शैक्षिक, भौतिक र आर्थिक पक्षमा देखिएको कमजोरी सुधारको माग गर्दै अभिभावकले प्रधानाध्यापक राधालाल मण्डल र व्यवस्थापन समिति अध्यक्ष हेमलाल उप्रेतीको राजीनामा माग गर्दै विद्यालयमा तालाबन्दी गरेका हुन् । 
अभिभावकले राखेको मागकोे बिषयमा निर्णय गर्नका लागि सोमबार ११ बजेसम्म प्रधानाध्यापक मण्डलले गाउँपालिकासँग समय माग गरेपनि कुनै निर्णयमा पुग्न नसकेको बताइएको छ । मण्डलकै कारण सोमबार पनि विद्यालयको पठनपाठन ठप्प भएको स्थानीयले आरोप लगाएका छन् । 
एसइइ नतिजामा जम्मा एक जना मात्रै पास भएको र प्रधानाध्यापक मण्डलले पढाउने बिषयमा समेत एकजना मात्रै विद्यार्थी पास भएपछि अभिभावकहरु आक्रोशित भएका हुन् । अभिभावकहरुले विद्यालय बिग्रिनुमा प्रधानाध्यापक मण्डल र व्यवस्थापन समिति अध्यक्ष दोषी रहेको भन्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, वडाध्यक्ष नारायण उप्रेती लगायतसंग छलफल गरेका थिए । 
छलफलका क्रममा मण्डलले विद्यालयको शैक्षिक, आर्थिक र भौतिक प्रगतिबारे समेत राम्ररी बताउन नसकेपछि अभिभावकले राजीनामा माग गरेका हुन् । गाउँपालिका अध्यक्ष, वडाध्यक्ष लगायतले प्रधानाध्यापकबाट राजीनामा दिएर अभिभावक र विद्यार्थीहरुको भावना बुझिदिन आग्रह गर्दा पनि उनले अटेरी गरेको एक अभिभावकले बताए । 
विद्यालय समयमा पनि शिक्षक तथा विद्यार्थीहरु बाहिरै भेटिने गरेको, पोशाकमै विद्यार्थीहरु जंगल छेउतर्फ खेल्न र घुम्न जाने गरेको, विद्यालयका शिक्षक र कार्यालय सहयोगीले समेत प्रधानाध्यापकलाई नटेर्ने गरेको लगायतको बिषय उठान भएको छ । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले महेन्द्र किरण माविको समस्या समाधानको लागि गाउँपालिकाको तर्फबाट आवश्यक पहलकदमी भैरहेको जानकारी दिएका छन् । समाचार प्रदेश दैनिकमा छ ।

notice-_-newss-1661215921.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार