७ भदौं,हेटौंडा। विप्लव नेतृत्वको नेकपा सहित ४ दलले तिन बुँदे माग सहित आज आह्वान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरको हेटौंडामा सामान्य देखिएको छ।
सडकमा बन्दकर्ता नभएता पनि हेटौंडाका शैक्षिक संस्था,कलकारखाना बिहान देखि बन्द रहेका छन्। बन्दका कारण विद्यालय र क्याम्पस पुगेका विद्यार्थी घर फर्किएका थिए।
हेटौंडा हुदै अन्यत्र जाने लामो तथा छोटो दुरीका मालवाहक र यात्रुवाहक सवारी चल्न सकेका छैनन। दुई पाङ्ग्रे तथा तिन पाङ्ग्रे सवारी भने निर्वाध रुपमा चलेका छन्। एम्बुलेन्स,दुध तथा पानी ढुवानी गर्ने सवारी,इन्धन बोकेका सवारी,प्रेसका गाडी चल्न दिइएको छ। बन्दका कारण हेटौंडा बजार क्षेत्र सुनसान रहेको छ।
बन्दलाई मध्यनजर गर्दै बजारको मुख्य चोकमा प्रहरी तथा अन्य क्षेत्रमा प्रहरीको गस्ती टोली खटाइएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले बताएका छन्। मकवानपुर प्रहरीले बारा तथा चितवन प्रहरीको समन्वयमा केही सवारीलाई स्कटिङ्ग गरेर गन्तव्य पठाएको उपरीक्षक गौतमले प्रष्ट खबरलाई बताए।
यो समाचार तयार पार्द सम्म मकवानपुरमा बन्द शान्तिपूर्ण रहेको छ।उक्त ४ दलले साउन २७ गतेनै बैठक बसेर चरणवद्द सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेका थिए। बन्दको पूर्वसन्ध्यामा हिजो हेटौंडामा मशाल जुलुस प्रर्दशन गरिएको थियो।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















