७ भदौं, हेटौंडा । यहि मंसिर ४ गतेका लागी निर्धारण गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले घोषणा गरेको अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकेको छ ।
कांग्रेसले यही भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने तयारी गरेको कांग्रेसले ७७ जिल्लाका लागी केन्द्रीय प्रतिनिधि तोकेको हो । प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रुपमा अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।
पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो । अभियान तीन चरणमा सञ्चालन हुने प्रवक्ता महतले बताए ।
पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुने छ ।
कांग्रेसले केन्द्रीय प्रतिनिधिहरुलाई अभियान सुरु हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिहरु सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरुमा सहभागी हुनुपर्नेछ ।
केन्द्रीय प्रतिनिधिको नामावालीः
प्रदेश –१
ताप्लेजुङमा – आङ्गेलु शेर्पा
पाँचथर – प्रदीप कुमार सुनुवार
इलाम – महेन्द्र कुमारी लिम्बु
झापा– डिला संग्रौला
संखुवासभा – उमेशजंग रायमाझी
तेह्रथुम– लक्ष्मी परियार
भोजपुर – भीम पराजुली
धनकुटा – राजीव ढुंगाना
मोरङ– ज्ञानेन्द्र कार्की
सुनसरी – अमृत अर्याल
सोलुखुम्बु – कल्पना चौधरी
खोटाङ – तारामान गुरुङ
ओखलढुंगा – लक्ष्मी खतिवडा
उदयपुर – बलबहादुर केसी
मधेस प्रदेश
सप्तरी – आनन्दप्रसाद ढुंगाना
सिरहा – महेन्द्रकुमार राय
धनुषा – नागिना यादव
महोत्तरी – मञ्जु खाण
सर्लाही – दिनेश कुमार यादव
रौतहट – अजयकुमार चौरसिया
बारा – रमेश रिजाल
पर्सा – पद्मनारायण चौधरी
बागमती प्रदेश
दोलखा – शान्ति परियार
रामेछाप – हरिशरण नेपाली
सिन्धुली – दिलमान पाख्रिन
रसुवा – राजेन्द्रकुमार केसी
धादिङ – मदनकुमार श्रेष्ठ
नुवाकोट – मदनबहादुर अमात्य
सिन्धुपाल्चोक – बहादुरसिंह लामा
काभ्रे – रमा कोइराला ९पौडेल०
चितवन – श्यामकुमार घिमिरे
मकवानपुर – उमेश श्रेष्ठ
भक्तपुर – अम्बिका बस्नेत
ललितपुर – नानु बाँस्तोला
काठमाडौं –जीतजंग बस्नेत
गण्डकी प्रदेश
गोरखा – ध्रुव वाग्ले
लम्जुङ – शंकर भण्डारी
तनहुँ – सुरेन्द्रराज पाण्डे
कास्की – प्रदीप पौडेल
मनाङ – गुरु बराल
मुस्ताङ – कृष्णचन्द्र नेपाली पोखरेल
पर्वत – चप्पादेवी खड्का
स्याङ्जा –चिनकाजी श्रेष्ठ
म्याग्दी – दिनेश कोइराला
बाग्लुङ –अब्दुल सतार
नवलपुर – सरस्वती आर्चल ९पोखरेल०
लुम्बिनी प्रदेश
नवलपरासी – मानबहादुर नेपाली
रुपन्देही – योगेन्द्र चौधरी
कपिलवस्तु – चन्द्रबहादुर केसी
पाल्पा – अब्दल रज्जाक
अर्घाखाची – डा. गोविन्द पोखरेल
गुल्मी – देवेन्द्र कँडेल
रुकुम (पूर्व) – धना खतिवडा
रोल्पा – मैकुलाल वाल्मीकी
प्युठान – जावेदा खातुन जागा
दाङ – गोपाल दहित
बाँके – दिपक गिरी
बर्दिया – गेहेन्द्र गिरी
कर्णाली प्रदेश
रुकुम (पश्चि) – कृष्णकिशोर घिमिरे
सल्यान –सीता देवकोटा
डोल्पा – खाली
जुम्ला – रंगमती शाही
मुगु – कान्तिका सैजुवाल
हुम्ला – खाली
कालिकोट – जानकी सिंह
जाजरकोट –सिताकुमारी राना
दैलेख – राजीवविक्रम शाह
सुर्खेत –संजयकुमार गौतम
सुदूरपश्चिम प्रदेश
बाजुरा – अर्जनजंग बहादुर सिंह
बझाङ – गोविन्दबहादुर शाह
डोटी – नृपबहादुर वड
अछाम – रणबहादुर रावल
दार्चुला – यज्ञराज जोशी
बैतडी – रमेश लेखक
डडेल्धुरा – ईश्वरी न्यौपाने
कञ्चनपुर – रामजनम चौधरी
कैलाली – एनपी साउद
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















