८ भदौं, हेटौंडा । सहयोगापेक्षी सडक आश्रित मानिसहरुको उद्दार, संरक्षण एवम् पालनपोषण गर्दै आएको मानवसेवा आश्रमको आयोजनामा बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।
आश्रमले दशौं बार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु गर्दै बार्षिकोत्सवको पहिलो दिन मंगलबार रक्तदान कार्यक्रम गरेको हो ।
हेटौंडाको मानवसेवा आश्रमले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखासंगको सहकार्यमा रक्तदानको आयोजना गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार मानवसेवा आश्रम परिसरमा वृक्षरोपण, ९ गते मानवसेवा आश्रमको मुख्य कार्यालय रहेको धापटोल सरसफाई, दिउँसो आश्रममै तीज विशेष कार्यक्रमको आयोजना गरिने अधिकारीले जानकारी दिए ।
यस्तै १० गते सहयोगापेक्षी सडक आश्रित मानवहरूको वृहत उद्दार, ११ गते मुठ्ठीदान संकलन कार्यक्रम, सोही दिन कुशेऔंशी विशेष कार्यक्रम, १२ गते दीप प्रज्वलन कार्यक्रम, बेलुका भजन सन्ध्या तथा १३ गते वार्षिकोत्सव समापन कार्यक्रम गरिने कार्यतालिका रहेको छ ।
यो अवधिमा आइपुग्दा आश्रमले करिब ७ हजार ५ सयजना विभिन्न उमेर समूहका सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्वार गरिसकेको छ । आश्रमले सात प्रदेशको १९ जिल्लाको २३ वटा सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















