Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कैलाश बालमैत्री अभियानः सञ्चारकर्मी र संघसंस्थासँग छलफल

received_-1661424994.jpg

९ भदौ, हेटौंडा । आगामी मंसिर २५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारीमा जुटेको मकवानपुरको कैलाश गाउँपालिकाले सञ्चारकर्मी र संघसंस्थाको भूमिकाबारे अन्तरक्रिया गरेको छ । 
बुधबार गाउँपालिका कार्यालय कालिकाटारमा मकवानपुरका सञ्चारकर्मी, विभिन्न गैरसरकारी संघ संस्थाका प्रतिनिधिलगायतसँग छलफल गरेको हो । बालमैत्री स्थानीय शासन स्थापित गर्नको लागि सञ्चारकर्मी र संघसंस्थाका प्रतिनिधिले खेल्नुपर्ने भूमिकाका बारेमा बालमैत्री सहजकर्ता विष्णुप्रसाद चौबेले अभिमुखीकरण गरेका थिए । 
पालिकालाई बालमैत्री घोषणाका लागि साउनको पहिलो हप्तादेखि वडास्तरीय रणनीति तथा कार्ययोजना तयारी सम्बन्धी छलफल सुरु भएको थियो । गाउँपालिकाले प्रत्येक वडामा एक जना बालमैत्री सहजकर्ता र १ जना पालिकास्तरीय सहजकर्ता तोकेर काम गरिरहेको गाउँपालिकाका अध्यक्ष लोक मुक्तानले जानकारी दिए । 
बालमैत्री घोषणाको तयारीका लागि विभिन्न चरणमा अन्तरक्रिया र छलफल गर्ने क्रममा भदौ ६ गते स्वास्थ्यकर्मीको भूमिकाको बारेमा अन्तरक्रिया गरिएको थियो भने ७ गते गाउँपालिकाभरका विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबीच अन्तरक्रिया गरिएको थियो । कैलाश गाउँपालिका देशकै छैठौं र मकवानपुरको चौथो बालमैत्री घोषणा भएको गाउँपालिका हुनेछ । 
यसअघि मकवानपुरको मनहरी, बकैया र मकवानपुरगढी, पाल्पाको रम्भादेवी र दोलखाको कालिन्चोक गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा भइकेको बालमैत्री सहजकर्ता विष्णुप्रसाद चौबेले जानकारी दिए । 
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार बालमैत्री स्थानीय शासनका ५१ वटा न्यूनतम सूचकहरु तोकिएका छन् । जसमा बाल बचाउतर्फ १४, बाल संरक्षणतर्फ १०, बाल विकासतर्फ ६, बाल सहभागितातर्फ ६ र संस्थागत विकासतर्फ १५ वटा सूचक रहेका छन् । सो सूचकहरु पूरा गरिसकेपछि बालमैत्री स्थानीय शासन घोषणा गर्न सकिनेछ । 
दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराईएको हुनुपर्ने, एक बर्षभित्रका प्रत्येक बालबालिकाले नेपाल सरकारले तोकेका सबै र पूर्ण खोप प्राप्त गरी पूर्ण खोपयुक्त घोषणा भएको हुनुपर्ने, ५ बर्षमुनिका सबै बालबालिकाको जन्मदर्ता भएको हुनुपर्ने, स्थानीय तह बालविवाह मुक्त भएको हुनुपर्ने, सडक बालबालिकाको संख्या शून्य भएको हुनुपर्ने, ५ देखि १४ बर्ष उमेरसमूहका शतप्रतिशत बालबालिकाले आधारभूत शिक्षा पूरा गरेको हुनुपर्नेलगायतका सूचकहरु तोकिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बालमैत्री स्थानीय शासन प्रबद्र्धन गरी बालमैत्री वडा घोषणा गर्ने जिम्मेवारी गाउँ÷नगरपालिकाको वडालाई दिएको छ । यहि व्यवस्था बमोजिम कैलाशलाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्न लागिएको गाउँपालिका अध्यक्ष मुक्तानले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार