९ भदौं, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाका गरिव विपन्न चेपाङ, तामाङ तथा लोपोन्मुख बनकरिया समुदायका ५ सय घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
मनहरी गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको नयाँबस्ती, बनकरिया, अजिंगरे, चिसापानी, रुपाचुरी, खरिवाङ, लोथर, खयरघारी, चौकीटोल, नयाँवस्ती, प्रतापपुर क्षेत्रका चेपाङ, बनकरिया तथा तामाङ समुदायका गरिव, विपन्न परिवारका ५ सय घरपरिवारलाई प्रतिपरिवार एक बोरा चामल, दाललगायतका खाद्य सामाग्री सहयोग गरेका हुन् ।
खाद्य सामाग्री हस्तान्तरण गर्दै नेता बानियाँले नेपाली कांग्रेस प्रत्येक दिनदुःखी, असहाय, गरिवको सेवामा सधैं समर्पित रहने बताउँदै कम्युनिष्टले जस्तो फुस्रो र छलकपट जस्ता आश्वासन नदिने बताए । उनले चाडबाडको मुखमा गरिव र विपन्न जनतालाई केही राहात हुने लक्ष्यका साथ सानो सहयोग गरेको बताउँदै जनताको दुःख, पीडा र साथ सहयोगमा कांग्रेस सधैं रहिरहने दावी गरे ।
नेता बानियाँले मनहरी गाउँपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिहरुलाई भुगोलको आवश्यक्ता अनुसार विकास निर्माण र जनताको मन जितेर काम गर्न निर्देशन दिनुहुँदै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु जनताको मनमा बस्न सफल हुनसमेत शुभकामना दिए ।
कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्यद्वय जानकी लामा र कैलाश कोइराला, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, वडा अध्यक्षहरु शिव खनाल, अनन्त अर्याल, युवराज थपलिया, ठाकुरराम तितुङ, नारायण उप्रेती, राजकुमार श्रेष्ठ, वडा सभापति आईतसिं तितुङ, महाधिबेशन प्रतिनिधि शेरबहादुर परियारलगायत मनहरीका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















