Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सडक सुधार र पार्किङ व्यवस्थापन गर्न नेविसंघको माग

300885583_772924613953239-1661519955.jpg

१० भदौं, हेटौंडा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ मकवानपुरले हेटौंडा उपमहानगपालिका वडा नम्बर २, मानसचोक देखि मनकामना चोकसम्मको सडक स्तरीकण तथा सवारी पार्किङको व्यवस्थापन गर्न माग गरेको छ । 
शुक्रबार हेटौंडा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले तीन दिनभित्र सडकको अवसस्था सुधार सहित पार्किकङको व्यवस्था गर्न माग गरेको हो । 
नेविसंघ मकवानपुर बहुमुखी क्याप्पस ईकाई समितिका संयोजक सन्तोष चौलागाईको नेतृत्वमा पुगेको विद्यार्थी टोलीले उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ समक्ष यथासक्य छिटो सडक स्तरिकण र पार्किङ व्यवस्थापन गर्न माग गरेको हो । 
नेविसंघले मानस चोकदेखि मनकामना चोकसम्मको सडक अन्तर्गत बागमति प्रदेशका मुख्यामन्त्रीको कार्यलय, विभिन्न मन्त्राय, उपमहानगरपालिका, विद्यालय र क्याम्पस लगाएत सरकारी कार्यलयहरु समेत पर्ने भएकाले उक्त क्षत्रको सडकको अवस्था नाजुक हुनु दुर्भाग्य भएको बताएको छ । 
सडक र पार्किङको दुरावस्थाका कारण विभिन्न समयमा दुर्घटना समेत हुने गरेको उल्लेख गर्दै नेविसंघले तत्काल सडक सुधार र पार्किङको व्यवस्था गर्न उपमहानगरको ध्यानाकर्ष गराएको छ । ज्ञापनपत्र बुझ्दै उपमहानगरपालिकाका उपमेयर बानियाँले नेविसंघले उठाएको मागको सम्बोधनका लागी पहल थाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
 

300960671_151036920273938-1661519955.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार