१२ भदौ, काठमाडौं । तिलगंगा आँखा अस्पताललाई हेटौंडा सार्ने विषयमा छलफल भएको छ । अस्पतालका संस्थापक डा. सन्दुक रुइतसहितको टोली आइतबार अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई भेट्न अर्थमन्त्रालय पुगेको थियो।
भेटमा तिलगंगा आँखा अस्पतालको टोलीले तिलगंगास्थित हालको भवन साँघुरो भएकाले हेटौँडामा स्थानान्तरण गर्ने योजनाबारे जानकारी गराएको छ । अस्पताल सार्नका लागि रुइतले सरकारसँग अनुदान माग गरेका छन् । अर्थमन्त्री शर्माले सहयोग गर्ने वचन दिए । यसका लागि ३० करोड रकम लाग्ने अनुमान गरिएको छ ।
आँखा अस्पताललाई प्रतिष्ठान वा विश्वविद्यालयका रूपमा विकसित गर्ने बारेमा पनि मन्त्रालयमा छलफल भएको छ । अहिले एनजीओको रुपमा सञ्चालनमा रहेको अस्पताललाई सरकारको मातहत ल्याउने विषयमा पनि छलफल भएको अर्थमन्त्री शर्माको सचिवालयले जानकारी दिएको छ ।
अर्थमन्त्रीसँगको भेटमा डा.रुइतले हाल तिलगंगाले वार्षिक साढे ३ लाख हाराहारीमा लेन्स बिक्री गरिरहेको जानकारी दिए । वार्षिक १० लाख पुर्याउने योजना रहेको पनि उनले सुनाए ।
डा. रुइतका अनुसार यस अस्पतालले उत्पादन गरेको लेन्सको सबैभन्दा बढी खपत चीनमा भइरहेको छ ।
(कान्तिपुरहेल्थबाट)
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


















