Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कर्मचारीको आन्दोलनका कारण मकवानपुरका सामुदायिक विद्यालय बन्द

20200805_183113-1661749760.jpg

१३ भदौं,हेटौंडा । नेपाल विद्यालय कर्मचारी परिषदको जारी आन्दोलनमा ऐक्यबद्धता जनाउन र  आन्दोलनका कारण हेटौंडा सहित मकवानपुरका अधिकांश सामुदायिक  विद्यालय आज बन्द भएका छन्। 
नेपाल विद्यालय कर्मचारी परिषदको साउन १० गतेको बैठकले विभिन्न माग राख्दै आन्दोलनको कार्यक्रमको घोषणा गरेको थियो। सोही आन्दोलनको कार्यक्रम अन्तर्गत भदौं १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक विद्यालय  बन्द गर्ने र १९ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने उल्लेख गरेको छ। 
यता परिषद मकवानपुरका अध्यक्ष राजन प्रसाद अधिकारीले शनिबार एक विज्ञप्ती प्रकाशित गर्दै मकवानपुरका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई आन्दोलनमा सहकार्य गर्न अनुरोध गरेका थिए। विद्यालय कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता जनाउदै केही विद्यालयले विज्ञप्ती प्रकाशित गर्दै त केही विद्यालयले राष्ट्रिय गान गाएर मौखिक रुपमा विद्यालय बन्द गरेका थिए।यता  खुल्ला रहेका केही  विद्यालयमा भने आन्दोलनरत कर्मचारीले आफैले बन्द गरेका थिए। आन्दोलनका कारण विद्यालय बन्द भएपछि विद्यालय पुगेका विद्यार्थी घर फर्केका थिए। 

नेपाल शिक्षक महासंघ मकवानपुरले आइतबार एक विज्ञप्ती प्रकाशित गर्दै आन्दोलनरत कर्मचारीको मागलाई सम्बोधन गर्न सरकारसँग माग गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएको थियो।यता मकवानपुरको मनहरी गाउँपालिकाले भने विद्यालयको पठनपाठन नियमित गर्न सम्पूर्ण सामुदायिक विद्यालयलाई भनेको छ। 

FB_IMG_1661748671086-1661749761.jpg
FB_IMG_1661748575300-1661750000.jpg

मनहरी गापाको विज्ञप्ती


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार