Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

योजना कार्यान्वयनमा ढिलाई नगर्न राज्यमन्त्री प्रजाको निर्देशन

301593974_465877485454462-1661776067.jpg

१३ भदौं, हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले चालु आर्थिक वर्षमा छुट्याइएको योजना कार्यान्वयनमा ढिलाई नगर्न मातहतका कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । 
प्रदेशभित्रका पूर्वाधार विकास कार्यालय र सहरी विकास तथा भवन कार्यालयका कार्यालय प्रमुखहरुबीच सोमबार मन्त्रालयमा भएको कार्यक्रम कार्यान्वयन बारेको छलफलमा राज्यमन्त्री प्रजाले डिपिआर गर्नुपर्ने योजनाहरुको डिपिआर सुरु गरी चाँडै ठेक्का लगाउन निर्देशन दिएका हुन् ।
‘योजना कार्यान्वयन गर्न कुनै कानुनी वा नीतिगत समस्या छ भने पहिचान गरी चाँडै नै मन्त्रालयलाई जानकारी गराउनूस्, नभए अब चाँडै नै योजना कार्यान्वयन गर्नतिर लाग्नुपर्ने हुन्छ ।’ राज्यमन्त्री प्रजाले भने । बहुवर्षीय ठेक्का लागेर काम भइरहेका सडक, भवन तथा सडक पुलका योजनाहरु चाँडै सम्पन्न गर्न सम्बन्धित कार्यालयहरु दबाब दिनुपर्ने पनि उनले बताए । 
यसअघि डिपिआर भएर बसेका योजनाहरुमा आवश्यक बजेट विनियोजन गरिएको भन्दै राज्यमन्त्री प्रजाले कुनै योजनामा बजेट हाल्न छुटेको भए संशोधन गरी बजेट हालिने प्रतिवद्धता पनि जनाए । कार्यालयहरुमा कर्मचारीको अभाव भएको गुनासो आएको भन्दै उनले सबै कार्यालयहरुमा स्थायी कर्मचारी थप गर्ने प्रक्रिया अघि बढिसकेको पनि उनले बताए । 
विगतमा कार्यालयका कर्मचारीको मनमुटाव तथा सल्लाह र समन्वय नहुँदा पनि योजना कार्यान्वयनमा असर परेको स्मरण गर्दै त्यस्तो अवस्थाको अन्त्य गर्न राज्यमन्त्री प्रजाले सचेत गराए । छलफलमा मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले कार्यक्रमहरु कार्यान्वयनमा कुनै समस्या भए प्रष्ट रुपमा राख्न कार्यालय प्रमुखहरुलाई आग्रह गरे । कानुन र नीति नियमको परिधिभित्र रहेर कार्य सम्पादन गर्नसमेत मातहतका कार्यालय प्रमुखहरुलाई उनले निर्देशन दिएका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार