Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गोराङ्दी खोलामा मोटरेबल पुल बन्ने पक्का, प्रदेशबाट ठेक्काको तयारी

301747047_130025975717249-1661858241.jpg

१४ भदौं,  हेटौंडा । मकवानपुरको मनहरीदेखि धादिङको मलेखु जोड्ने छोटो मार्गलाई बाह्रै महिना सञ्चालनमा ल्याउने तयारीअन्तर्गत मकवानपुरको राक्सिराङ गाउँपालिका–४ घोरकोटेस्थित गोराङ्दी खोलामा पक्की पुल निर्माण हुने भएको छ । 
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेटको व्यवस्था गरेपछि पुलको बहुवर्षीय ठेक्का लगाउने तयारी भएको हो । ६ करोड ८८ लाख ५२ हजार रुपैयाँ कुल लागत अनुमान गरिएको उक्त पक्की पुलको लागि प्रदेश सरकारले चालु आव २०७९÷०८० मा २५ लाख रुपैयाँ छुट्याइएको थियो । 
तर सो बजेटले पुलको बहुवर्षीय ठेक्का लगाउन रकम नपुगेपछि सोही वडाको चौकीटार मादलसिं मोटरेबल पुलको लागि छुट्याएको ७५ लाख रुपैयाँ बजेट पनि गोराङ्दीखोला पुलको लागि रकमान्तर गरी बहुवर्षीय ठेक्का लगाउने तयारी भएको हो । प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको मनहरी आदमघाट सडकमा ३५ करोड रुपैयाँ विनियोजन गरेकाले चौकीटार मादलसिं पुल पनि सोही बजेटबाट गर्ने गरी चौकीटारको लागि छुट्याइएको बजेट गोराङ्दीमा रकमान्तर गरिएको हो । 
प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, राज्यमन्त्री सन्तबहादुर प्रजा र आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले केही समयअघि स्थलगत अनुगमन गरी एकै वडामा रहेको दुई पुलको बजेट रकमान्तर गरी गोराङ्दी खोला पुलको काम गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएका थिए ।
मन्त्रीहरुको मौखिक निर्देशनपछि राक्सिराङ गाउँपालिकाले बजेट रकमान्तरको लागि मन्त्रालयमा सिफारिस गरेको थियो । मन्त्रालयले पूर्वाधार विकास कार्यालय चितवनलाई रकमान्तर गरी आवश्यक कार्य गर्नको लागि पत्र पठाएको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले जानकारी दिए । मनहरीबाट ५२ किलोमिटर मात्र दूरी रहेको मनहरी मलेखु सडकको सबै ट्रयाक पूरा भइसकेको र घोरकोटेमा पुल निर्माण भएपछि उक्त सडक बाह्रै महिना सञ्चालन हुनसक्ने राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।
‘मनहरी मलेखु सडकको परेवाभीरमा पनि काम भइरहेको छ । घोरकोटेमा पनि पुल बनेपछि अब मलेखु मनहरी सडकमा बाह्रै महिना गाडी चल्न सक्छ ।’ अध्यक्ष मल्लले भने । सो पुलको लागि दुइ वर्षअघि नै गाउँपालिकाले डिपिआर तयार गरिसकेको छ ।    
गोराङ्दीमा पुल निर्माण भए कैलाश, राक्सिराङ र धादिङका बासिन्दासमेत बढी लाभान्वित हुने देखिएपछि आवश्यकताको आधारमा गोराङ्दी खोलामा पुल निर्माणको काम अघि बढाइएको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार