१४ भदौं, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले तीजले चेली–माइती बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
नेपाली हिन्दु नारीहरुको पर्व हरितालिका तीजका अवसरमा आज मंगलबार शुभकामना विज्ञप्ति जारी गर्दै प्रमुख शर्माले चेली–माइती बीचको सम्बन्धलाई प्रगाढ बनाउँनका लागि यो पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफ्नो विश्वास रहेको बताएका हुन् ।
प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्घि एवं अटल सौभाग्यका लागि शुभकामना दिए । प्रमुख शर्माले हाम्रो देश नेपाल विभिन्न भाषा, धर्म, संस्कृति,संस्कारले भरिपूर्ण भएकाले उल्लेख गर्दै भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म आफ्नो र परिवारका सदस्यको हितको कामना गर्दै मनाइने तीजको पनि आफ्नै महत्व रहेको उल्लेख गरेका छन् ।
यस पर्वमा देखिने विभिन्न विकृत पक्षलाई भने त्याग्नुपर्ने प्रमुख शर्माको सुझाव छ । ‘यो पर्व मनाउँने सन्दर्भमा यदाकदा देखिने भड्किलो शैली,देखासिकीजस्ता विकृत पक्षलाई पूर्णरुपमा त्याग्नु आवश्यक छ ।’ उनले शुभकामना सन्देशमा, यसो गरेमा मात्रै यस पर्वको सांस्कृतिक तथा धार्मिक महत्वको संरक्षण हुन गई तीजको मौलिकता पनि कायम राख्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।
यस्तै प्रमुख शर्माले हरितालिका तीजले महिलालाई सशक्त तथा क्रियाशील बनाउन मद्घत गरोस् भन्दै सामाजिक विभेदको अन्त्य गर्दै समतामूलक एवं सभ्य समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत व्यक्त गरेका छन् ।
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...


















