Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सञ्चारसम्बन्धी कानुन टुङ्गोमा पु¥याउन महासंघको ध्यानाकर्षण 

302679219_128650561522486-1661861757.jpg

१४ भदौं, हेटौंडा । नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी विभिन्न कानुन टुङ्गोमा पुग्न नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । 
प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर यसबारेमा ध्यानाकर्षण गराएका हुन् । 
मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालू अधिवेशनमा नै टुंगोमा पु¥याउन पहल गर्न प्रधानमन्त्री देउवालाई महासंघको प्रतिनिधिमण्डले आग्रह गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । हाल मस्यौदाका रूपमा विचाराधीन अवस्थामा रहेका सञ्चारसम्बन्धी कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासंघले जोड दिएको छ । 
अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुन आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएकोप्रति महासंघले चिन्ता पनि प्रकट गरेको छ । 
प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पु¥याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई फोन मार्फत निर्देशन दिएको महासचिव पुरीले बताए ।  
 

302490783_128650556855819-1661861757.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार