Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस हेटौंडानगर द्वारा 'जनताको साथमा कांग्रेस'अभियानको सुरुवात

FB_IMG_1662003385270-1662003578.jpg

१६ भदौं,हेटौंडा। नेपाली काँग्रेस पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै देशव्यापी सुरुवात गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानले मकवानपुर जिल्लामा पनि तीव्रता पाएको छ । १२ गते मकवानपुर जिल्लाको १०२ वडामा क्रियाशील भेला गरेर सुरु भएको अभियानअन्तर्गत् बुधबार जिल्लाभर पालिकास्तरमा भेला तथा अन्तरक्रिया  कार्यक्रम भएको हो ।

अभियानअन्तर्गत् नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा बुधबार हेटौंडामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी नेता तथा क्रियाशील कार्यकर्ताहरुले पार्टीले चुनाव केन्द्रितमात्र कार्यक्रम हुन नहुने, पटकपटक गठबन्धन गरेर चुनावमा जाँदा मत माग्न असहज भएको, प्रशिक्षण कार्यक्रमहरु राख्नुपर्ने, पार्टीमा गुटगत राजनीति तल्लो तहसम्म फैलिएकोले त्यसको न्यूनीकरण हुनुपर्ने, पार्टीले दिने अवसरहरु समान र न्यायोचित हुनुपर्ने सुझावहरु दिएका थिए ।

यस्तै, चुनावी अनुगमन समिति गठन गरी गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, विभिन्न विभागहरुलाई पूर्णता दिएर सबैलाई पार्टीमा भूमिका निर्वाह गर्ने वातावरण बनाउनुपर्नेलगायत सुझावहरु व्यक्त गरेको नगर सचिव हर्करत्न लामाले जानकारी दिए ।
नगर सभापति उत्सव इटेनीको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी मकवानपुर जिल्ला उपसभापति आनन्द कठायत, पूर्वसभापति माइकल रामचन्द्र अर्याल, निवर्तमान कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सहसचिव इन्दिरा न्यौपाने, महासमिति सदस्य अशोक शाक्य, जिल्ला सदस्य तथा नगरका निवर्तमान सभापति आनन्दराम पराजुली, प्रतिनिधिसभा १ प्रदेश ‘ख’ का सभापति तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलगायतले कांग्रेस पार्टी जनताको तल्लो तहको समस्यालाई समाधान गर्न लाग्ने पार्टी भएकोले सोहीअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
अभियानअन्तर्गत् आज विहीबार प्रदेशसभाअन्तर्गत् क्षेत्रीय समितिको आयोजनामा समाजवादी चिन्तक पार्टीका नेता स्व. प्रदीप गिरीको श्रद्धाञ्जली सभा आयोजना गरिने कार्यक्रम तय भएको नगर सचिव सविन न्यौपानेले जानकारी दिए ।
केन्द्रीय परिपत्रअनुसारको अभियानअन्तर्गत् १८ गते प्रतिनिधिसभा क्षेत्रीयस्तरको भेला, २० गते भ्रातृ तथा शुभेच्छुक संगठनहरुको आयोजनामा भेला हुनेछ भने २१ गतेदेखि २३ गतेसम्म जिल्लामा प्रतिवेदन बुझाउने र प्रतिवेदनमा उठेका विषयहरुमाथि छलफल गरी २४ गते वीपी जयन्तीको दिनमा जिल्लास्तरीय कार्यक्रम गरी पहिलो चरणको अभियान सम्पन्न गरिने पार्टीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार